Friday, February 20, 2026

आजको मिति: २०८२ फाल्गुन ८ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कुमुदिनीमा जेनेरेटिभ एआई शिक्षण कार्यशाला आयोजना
लक्ष्मी माविमा आमाको स्मृतिमा अक्षयकोष स्थापना
Next
Prev

कुमुदिनीमा जेनेरेटिभ एआई शिक्षण कार्यशाला आयोजना

पोखरा, ७ फागुन ।
गण्डकी प्रदेश पोखराको प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहीवार विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआई (Generative AI) शिक्षणबारे एक दिने कार्यशाला गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्यशालाका लागि आउनु भएका दुई जना विज्ञलाई स्वागत गर्दै आधुनिक प्रविधिको विकाससँगै शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पालिखेले अबको शिक्षा परम्परागत तरिकाले मात्र सम्भव नभएको बताउनुभयो। हामी त्यस्तो युगमा छौँ जहाँ विद्यार्थीहरू सूचना प्रविधिसँग निकै नजिक छन्। यदि शिक्षकले समयअनुसार आफूलाई अपडेट गरेनन् भने उनीहरू विद्यार्थीभन्दा पछि पर्ने डर हुन्छ, पालिखेले भन्नुभयो।

गणित शिक्षक मन बहादुर भुजेल, सह प्रचार्य मुकेश कुमार अधिकारीले समय प्रविधिको भएकाले शिक्षण सिकाइका लागि एआईलाई सहयोगीको रुपमा अँगाल्न जरुरी भएको र कार्यशाला फलदायी भएको बताउनु भयो । कार्यशालामा काठमाडौंबाट पोखरा आएका काठमाडौं युनिभर्सिटिका डा‍।भरत न्यौपाने र डा। निरोज दाहालले सहजिकरण गर्नुभयो। सो अवसरमा उहाँहरुले एआई शिक्षकको ‘सहयोगी’ मात्र भएको र विकल्प नभएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist