Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

रोटरी क्लब अफ पोखरा लेकसाइडद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

पोखरा १६ माघ
रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा महानगरपालिका वडा नं. २१ मा रहेको युवा वर्ष आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वेटर, सर्ट र पाइन्ट बितरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लवका अध्यक्ष उपेन्द्र अधिकारीले सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दिपकप्रसाद सुवेदीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष अधिकारीले आफ्नो व्यक्तिगत खर्चबाट विद्यार्थीहरुलाई जुत्ता समेत सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदीले सहयोग दाताहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता सहयोगमा निरन्तरता दिन अनुरोध गर्नुभयो । विद्यालयका पूर्व विद्यार्थी महेश्वर भण्डारीले विभिन्न सहयोगी दाताहरुको खोजी गर्ने क्रममा क्लवले सहयोगको अनुरोध स्विकार गरेकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयसँग समन्वय गर्दै हाल विद्यालयमा रहेका विद्यार्थीहरुको आवश्यकता अनुरुप नै सहयोग गरिएको कार्यक्रम संयोजक तथा क्लवका सचिव सुवास मल्लले बताउनुभयो । क्लबले करिब ५० हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरेको क्लवका कोषाध्यक्ष आमोद कोइरालाले जानकारी गराउनुभयो । सो कार्यका लागि क्लवले आफ्नो कोष र महेन्द्रपुलस्थित मथुरा साहुको पसलबाट सहयोग रकम जुटाएको क्लवका आगामी वर्षका अध्यक्ष ई. राजेन्द्र लिगलले जनाउनुभयो ।


विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist