पोखरा जेठ, २४ ।
पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे । उनीसँगै वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार फाउन्डेसनलाई अन्नपूर्ण गाउँ पालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।
पोखरा जारी कोटिहोममा शनिवार दान गर्ने भक्तजनको लर्को लागेको छ । मानव सेवा फाउन्डेसनले सञ्चालन गरेको आश्रमका वाल वालिकाको अभिभाव र आजीवन सदस्य बन्ने भक्तजन सङ्ख्या बढी रहेको महायज्ञ प्रचार प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा सान्ता मान राई र सस्मिता राइ भोजपुरबाट नगरपालिका वडा नं. ११ आम्तेकबाट ५ लाख १ हजार, पूर्व मन्त्री हरि पाण्डे र तुलसा पाण्डे पोखराबाट २ लाख ५ हजार, रंगिला पौडेल आचार्य, भुवानी शंकर पौडेल सपरिवार पोखरा–१७ बाट १ लाख १ हजार २ सय २५, वीरबहादुर गुरुङ पोखरा–१७ बाट १ लाख १ हजार १ सय ११ सहयोग गरी फाउन्डेसनद्धार सञ्चालित आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभावक वनेका छन् ।
त्यसै गरी हरिमाया बराल कास्की पोखराबाट १ लाख ५३ हजार १ सय, भोलानाथ रेग्मी सपरिवार स्याङ्जा पुतली बजार–५ बाट ६० हजार ९चौरासी पूजा०, खुम बहादुर पौडेल स्याङ्जा वालिड्डबाट ६० हजार (चौरासी पूजा), जेरनाथ ढकाल, कृष्णकुमारी ढकाल पोखरा विरौटाबाट ५१ हजार १ सय ११, राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय उपाध्यक्ष ई.हेमजंग गुरुङ ५१ हजार सहयोग प्रदान गरी आजीवन सदस्य वनेका छन् । त्यस्तै राधाकृष्ण घिमिरे लम्जुङबाट २५ हजार, क्या. किर्तिनिधि पाण्डे तनहुँ–४ २५ हजार १ सय ११, ददि कुमारी भुजेल स्याङ्जाबाट २५ हजार १ सय, इन्द्र प्रसाद ढुंगाना, कौशिला ढुंगाना पोखरा–१७ बाट २५ हजार, तुलसी क्षेत्री सपरिवार पोखरा–१४ बाट ३० हजार ५ सय, लिलावति पौडेल सपरिवार स्याङ्जा पुतली बजार २५ हजार ५ सय ८५, चोपकला खनाल वुटवल–१३ बाट १० हजार ५ सय ५५, राधाकृष्ण घिमिरे लमजुङ्–७ बाट २५ हजार, भुवनराज बराल, शोभा बराल पोखरा–५ बाट २५ हजार ५ सय ५५, विनोद गुरुङ पोखरा–६ बाट २५ हजार ५ सय ५५, पार्वती गौतम कास्कीबाट २५ हजार ५ सय ५, लिटल गार्डेन स्कुल पोखरा–२७ बाट २५ हजार, श्रीधारा म्याग्दी पोखरा समाज सपरिवार कास्कीबाट २८ हजार २ सय ३२ सहयोग प्रदान गरेका छन् ।