पोखरा, माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही निष्क्रिय व्यक्ति अन्य राजनीतिक दलमा प्रवेश गर्दा पार्टीलाई कुनै असर नपर्ने नेकपा कास्कीका संयोजक खड्ग हमालले दाबी गरेका छन् । उनले लामो समयदेखि पार्टी गतिविधिमा निष्क्रिय रहेका केही व्यक्तिले अन्य दल रोज्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई लिएर अनावश्यक भ्रम फैलाउनु आवश्यक नभएको जिकिर गरे ।
सामाजिक सञ्जालमार्फत अनावश्यक हल्ला फैलाइरहेको भन्दै संयोजक हमालले यसले नेकपाको संगठन, नीति र जनआधारमा कुनै प्रभाव नपर्ने स्पष्ट पारे । निर्वाचन नजिकिँदै गर्दा केही व्यक्तिले व्यक्तिगत स्वार्थ वा ठूलो जिम्मेवारी पाउने अपेक्षामा पार्टी परिवर्तन गर्नु सामान्य राजनीतिक प्रवृत्ति भएको बताउँदै उनले यस्ता गतिविधिबाट नेकपा विचलित नहुने दृढता व्यक्त गरे । नेकपामा निष्क्रिय रहेका नेताहरु शिव आचार्य, झपिन्द्रराज रेग्मी लगायतका केही व्यक्ति सोमबार एमालेमा प्रबेश गरेका छन् ।








