Tuesday, February 3, 2026

आजको मिति: २०८२ माघ २० ,मंगलवार

TRENDING
  Latest
कास्की १ मा नेकपाको चुनावी कार्यालय
Next
Prev

नेकपा कास्की २ का उम्मेदवार किरण थापा जनताको घर घरमा

पोखरा, माघ ।

कास्की क्षेत्र नम्बर २ मा (नेकपा)का उम्मेदवार किरण थापा (आमोद)ले घरदैलो सुरु गरेका छन् । पोखरा २१ को दम्सादीबाट उम्मेदवार आमोदले सोमबारदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् । उम्मेदवार आमोद सहितको टोली सोमबार पोखरा २१ को मासपाटन, फेदीपाटन, द्वार, साम्मी मैदान, चिलाउने खर्क, थाप्ले तिलाहारसम्म घरदैलो गरिएको नेकपा कास्कीका संयोजक एवं कास्की क्षेत्र नम्बर २ (नेकपा) का निर्वाचन परिचालन क्षेत्र नम्बर २ का संयोजकसमेत रहेका हमालले उल्लेख गरे ।

स्थानीयले सडक तथा पुल लगायतका भौतिक संरचनामा बिषेश ध्यान दिन उम्मेदवारसमक्ष आग्रह गरेका छन् । पोखराका ११ वटा वडामा बैठक भएसँगै सोमबारदेखि सुरु भएको निर्वाचन घरदैलो कार्यक्रममा फागुन ३ गतेसम्म घरदैलो कार्यक्रम चलाउने तयारी छ । अधिकांश वडामा कार्यालयसमेत स्थापना गरिएको छ भने मंगलबार पोखरा २० मा घरदैलो कार्यक्रम हुने भएको छ । फागुन ४ गते पछि पार्टीको झण्डासहित थप तामझामका साथ चुनावी प्रचार अभियानमा लाग्ने भएको संयोजक हमालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist