(क) गण्डकी क्षेत्रको महिमा र धार्मिक दृष्टिकोणबाट यसको संक्षिप्त महत्व
गण्डकी क्षेत्र, जसलाई सनातन धर्मको पवित्र भूमि र सभ्यताको शाश्वत आधार मानिन्छ । गण्डकी भूमि, जहाँ ऋषि मुनिहरूले ध्यान, योग र वैदिक ज्ञानको गहन अध्ययन गर्नुभएको थियो । यो पुण्य भूमि जुन केवल प्राकृतिक सौन्दर्यको धरोहर मात्र नभई विश्वव्यापी धार्मिक चेतना, आध्यात्मिक शक्ति र सांस्कृतिक विविधताको स्रोतको रूपमा स्थापित छ । यो क्षेत्र जसले हिमालयका पवित्र चुचुराहरू र गण्डकी माताको अविरल प्रवाहको साक्षात्कार गर्दछ । शालिग्राम (शालग्राम) शिला र वैदिक सभ्यताको गौरवशाली इतिहासको प्रतीकको रुपमा रहेको गण्डकी प्रदेश प्राचीन कालदेखि नै वैदिक ज्ञान, धार्मिक परम्परा र मानव सभ्यताको केन्द्रबिन्दु रहँदै आएको छ । गण्डकी क्षेत्र वैदिक सभ्यताका विभिन्न पक्षहरूको उद्भव र विस्तारको ऐतिहासिक स्थल हो । ऋग्वेदकालीन समयमा यस क्षेत्रलाई ध्यान, योग र अनुष्ठानका लागि उपयुक्त स्थलका रूपमा चित्रण गरिएको पौराणिक प्रमाणहरू विभिन्न ग्रन्थहरुमा भेटिन्छन् । विशेष गरी गण्डकी नदीको उत्पत्तिसँगै यस क्षेत्रले सालिग्राम शिला, विष्णु प्रतीक र वैदिक परम्परालाई अनुपम रूपले उजागर गरेको छ । कालीगण्डकी नदी सनातन धर्ममा पवित्रताको प्रतीक र मोक्ष प्राप्तिको मार्गप्रदर्शकका रूपमा प्रतिष्ठित छ । स्कन्दपुराण र विष्णुपुराणमा यस नदीलाई ऋषि मुनिहरूको तपोभूमि र ध्यानस्थलका रूपमा उल्लेख गरिएको छ, जहाँ ऋषि मुनिहरूले मोक्ष प्राप्तिको लागि साधना गरेका थिए । हिमालयको पवित्र भूमि हुँदै प्रवाहित कालीगण्डकी नदी शालिग्राम विग्रहको दिव्य स्रोत सँगसँगै आत्मा र चित्तलाई समेत शान्ति प्रदान गर्ने सनातन सभ्यताको अमूल्य सम्पदा र मोक्ष प्राप्तिको दिव्य मार्ग हो । वैदिक षड्दर्शन (सांख्य, योग, न्याय, वैशेषिक, पूर्वमीमांसा र उत्तरमीमांसा) लाई आधारभूत शक्ति प्रदान गरेको गण्डकी क्षेत्रलाई ओमकार ध्वनिको उद्भव स्थान मानिएको छ । कालीगण्डकी नदीको किनारमा अवस्थित शालिग्राम शिला, प्राचीन मन्दिरहरूको अवशेष र वेदकालीन अनुष्ठानका स्थलहरूले गण्डकी प्रदेशलाई ऐतिहासिक दृष्टिले अद्वितीय बनाएका छन् । यस क्षेत्रमा मुक्तिनाथ, देवघाट, गुप्तेश्वर महादेव, दामोदर कुण्ड, बागलुङ कालिका, छाया क्षेत्र, बिन्ध्यबासिनी, भद्रकाली, ढुंगेसाँघु, उत्तरवाहिनी, मनकामना, भीमसेन मन्दिर, दुर्गा मन्दिर,केदारेश्वर मन्दिर, राम मन्दिर, भद्रकाली मन्दिर, श्रीकृष्ण मन्दिर, तालबाराही मन्दिर, भैरव मन्दिर, शितलदेवी, कालिका कोट, अकला मन्दिर, हरिहर मन्दिर,सर्वेश्वर मन्दिर, गोरखनाथ मन्दिर, आलम देवी, कागवेनी, बलमुक्तेश्वर मन्दिर एवं लक्ष्मीनारायण मन्दिर, सत्यनारायण मन्दिर, धनेश्वर महादेव मन्दिर, कालिका भगवती मन्दिर, मौलाकालिका, पुम्दिकोट शिव मन्दिर, सराङकोट पञ्चगणेश धाम लगायत हजारौं पवित्र तीर्थस्थलहरू अवस्थित छन् । यी तीर्थस्थलहरूले धार्मिक पर्यटन सँगसँगै आत्मिक शान्ति र मोक्ष प्राप्तिको मार्ग पनि देखाउँछन् । हिमालयको न्यानो आँगन र गण्डकी गंगाको सुस्केरा केवल भौतिक आकर्षण मात्र नभएर अध्यात्म र परम्पराको अद्वितीय संगम हुन । यहाँका जंगल, जलस्रोत र हिमालले प्रकृतिको पूजा र संरक्षणको आदर्शलाई उजागर गरेका छन् ।
गण्डकी प्रदेश विभिन्न जाति, धर्म, संस्कृति र परम्पराहरूको संगम भएकाले यहाँ ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, थकाली लगायतका समुदायहरू बसोबास गरी आफ्ना मौलिक परम्पराहरूलाई जगेर्ना गर्दै आएका छन् । गुरुङ समुदायको परम्परा, मगरहरूको सोरठी नाच तथा थकाली समुदायको संस्कृति यहाँको सांस्कृतिक सम्पदाका अंश हुन् । यस प्रदेशलाई धार्मिक पर्यटनको मुख्य केन्द्र साथै पर्यटकीय राजधानी पोखरालाई मुक्तिद्वारको रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको छ । त्यस्तै शुक्लगण्डकी गंगालाई पनि सनातन धर्मावलम्बीहरुले विशेष महत्वका साथ आस्थाका रुपमा लिनुहुन्छ । विभिन्न ग्रन्थहरु अनुसार शुक्लगण्डकीको निर्मल जलधारा धार्मिक अनुष्ठान, स्नान तथा तर्पणका लागि उपयुक्त मानिन्छ र यसले पितृ उद्धार तथा मोक्ष प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास रहिआएको छ । वैदिक ग्रन्थहरूमा शुक्लागण्डकीको जललाई पापनाशक, पुण्यदायक तथा शिव–विष्णुको कृपा प्राप्त गर्ने माध्यमका रूपमा उल्लेख गरिएको पाइन्छ। प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वको अपूर्व संयोजन बोकेको यस नदीले गण्डकी क्षेत्रको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई अझ उजागर गरेको छ।
प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वको अपूर्व संयोजन बोकेको यस नदीले गण्डकी क्षेत्रको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई अझ उजागर गरेको छ । प्राकृतिक सौन्दर्य, वैदिक संस्कृति तथा धार्मिक सम्पदाको समन्वय गर्दै यस क्षेत्रलाई आध्यात्मिक मार्गदर्शनको केन्द्र बनाउने पनि व्यापक सम्भावना रहेको छ । त्यसैले गण्डकी प्रदेश केवल भौगोलिक सुन्दरतामा मात्र सीमित नभई धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले समेत अद्वितीय रहँदै आएको छ ।
(ख) कोटिहोमको परिचय र महत्व
कोटिहोम सनातन धर्मको अत्यन्त पवित्र, वैदिक र महान अनुष्ठान हो । विशेष गरेर हवनात्मक, पाठात्मक, जपात्मक र अभिषेकात्मक गरी यज्ञका जम्मा चार भेद हुन्छन् । जसमध्ये कर्ताको सङ्कल्प अनुसार कुनै पनि मन्त्रद्वारा एक करोड २५ लाख पटक हवन, त्यसको दश प्रतिशत १२५००० तर्पण, तर्पणको दशप्रतिशत १२५०० मार्जन र मार्जनको दश प्रतिशत १२५० गरेर सम्पन्न गरिने हवनात्मक यज्ञलाई कोटिहोम भनिन्छ। धार्मिक कर्मकाण्ड सँगसँगै आध्यात्मिक, सामाजिक तथा प्राकृतिक सन्तुलनको संवाहक कोटिहोम यज्ञ करोडौँ आहुतिहरू समर्पण गरिने एक अलौकिक वैदिक प्रक्रिया हो, जसको उद्देश्य समस्त विश्वको कल्याण, शान्ति, वातावरणीय शुद्धिकरण तथा सनातन संस्कृतिको संरक्षण गर्नु हो। कोटिहोम कुनै साधारण धार्मिक अनुष्ठान नभई एक दैवीय महायज्ञ हो । जसले धर्म, दर्शन, प्रकृति र समाजलाई एक सूत्रमा बाँधेर सभ्यताको पुनर्जागरण गराउँछ । शास्त्रहरूमा उल्लेख गरे अनुरुप कोटिहोमजस्ता महायज्ञहरूको दर्शन गर्न पाउनु नै असंख्य जन्मको पुण्य फलदायी हुने महान अवसर प्राप्त गर्नु हो । यो यज्ञमा भाग लिनु, दर्शन गर्नु वा आफ्नो श्रद्धानुसार आहुति अर्पण गर्नु कुनै सामान्य कार्य होइन । यो स्वयं धर्मलाई आत्मसात् गर्नु, सनातन संस्कृतिको संरक्षण गर्नु र परमात्माको अनुकम्पा प्राप्त गर्ने दुर्लभ अवसर प्राप्त गर्नु सरह हो । अतः कोटिहोम मानव सभ्यताको समृद्धि, धार्मिक पुनर्जागरण र आत्मशुद्धिको एक अनुपम अवसर हो, जसको दर्शन गर्ने, आहुति दिने वा श्रद्धाभावले सहभागी हुने जो कोहीले पुण्य लाभ प्राप्त गर्नेछन् ।
(ग) यज्ञको महिमा
वेद, उपनिषद् तथा पुराणहरूमा यज्ञलाई सृष्टिको आधार मानिएको छ । यज्ञ प्रकृति र परमात्मासँग मानव जातिको सम्बन्ध जोड्ने एक वैज्ञानिक र आध्यात्मिक विधि हो । ऋग्वेदमा यज्ञलाई देव, ऋषि, पितृ र सम्पूर्ण सृष्टिको तृप्तिका लागि अनिवार्य मानिएको छ। यज्ञमार्फत वातावरणीय शुद्धिकरण हुन्छ, नकारात्मक शक्तिहरू नष्ट हुन्छन् र सकारात्मक ऊर्जा प्रवाहित हुन्छ।
(घ) हवन महिमा
हवन एक अत्यन्तै प्रभावकारी वैदिक विधि हो, जसले प्रकृति, समाज र मानव स्वास्थ्यमा दूरगामी सकारात्मक प्रभाव पार्दछ। हवन गर्दा जडिबुटी मिश्रित समिधा तथा घृतलाई अग्निमा आहुति दिएर विशिष्ट मन्त्रोच्चारण गरिन्छ, जसबाट वातावरणमा औषधीय गुणयुक्त सुवास फैलिन्छ, वायुमण्डल शुद्ध हुन्छ र मानसिक शान्ति प्राप्त हुन्छ। वैज्ञानिक अनुसन्धानहरूले पनि प्रमाणित गरिसकेको छ कि हवनका धूवाँले हानिकारक कीटाणुहरू नष्ट गर्छ, प्रदूषण नियन्त्रण गर्छ र वातावरणलाई सकारात्मक ऊर्जायुक्त बनाउँछ ।
ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ (२०८२)
(ङ) परिचय र उद्देश्य
नेपाललाई नेपाल बनाउने, यसको गौरवशाली इतिहासलाई धुलोमा विलीन हुन नदिने, हराएका अभिलेखहरू पहाड, जंगल, गुफा चहार्दै खोज्ने र सनातन धर्मको ध्वजा उच्च राख्ने एक महायोगी राष्ट्रगुरु योगी नरहरिनाथको मार्गदर्शन अनुसरण गर्दै नेपालको सातै वटा प्रदेशमा कोटिहोमको आयोजना गर्ने सत्संकल्प लिनुभएका बालयोगेश्वर बिजयश्री कृष्णमूर्ति जी महाराज ज्यूको संकल्पमा नेपाल भ्रमण वर्ष २०२५, पोखरा भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा पोखरा(१७, बिरौटा, कास्कीको पावन स्थान श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको नाममा रहेको भूमि तथा आसपासका भूमिहरुमा राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामनाले साथै पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र सँगसँगै नेपाल भरी रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने उज्यालो उद्देश्य बोकी धार्मिक पर्यटनवृद्धिले राष्ट्रको सर्वतोमुखी विकासमा सशक्त सहयोग पुर्याउने सङ्कल्प अनुरूप गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण हेतु भवन निर्माण आदि सहयोगार्थ आयोजित ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ आयोजना हुँदैछ । श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायत आदि संस्थाहरूबाट आयोजित यो महानुष्ठान मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म आयोजना हुँदैछ । जसमा सम्पूर्ण कार्यक्रमहरु मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म र कोटिहोम कार्यक्रम मिति २०८२ बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म आयोजन हुँदैछ ।
(च) ऐतिहासिक श्रीगण्डकी शत ९सय० कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ (२०८२) को भूमिका
गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गरी आर्थिक समृद्धि र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउँदै वैदिक ज्ञान, धर्म र परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै यसका वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षलाई उजागर गर्नु यस महायज्ञको मुख्य उद्देश्य रहेको छ । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई केवल राष्ट्रिय स्तरमै सीमित नराखी ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञले आध्यात्मिक धरोहरलाई विश्वव्यापी बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ । गण्डकी प्रदेश केवल प्राकृतिक सौन्दर्यको धरोहर नभएर वैदिक ज्ञानको उद्गम भूमि, तीर्थहरूको समृद्ध केन्द्र र मानव सभ्यताको मार्गदर्शक पनि हो । यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वले नेपाललाई विश्वको आध्यात्मिक र धार्मिक केन्द्रका रूपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याउनेछ । यस विराट् महायज्ञको आयोजनाले समाजमा नैतिकता, धार्मिक चेतना र सकारात्मक ऊर्जाको संचार गर्नेछ । वैदिक मन्त्रहरूको उच्चारण, हवन(यज्ञको दिव्य प्रभाव तथा आध्यात्मिक चिन्तन मार्फत समग्र समाजमा शान्ति, समृद्धि र आत्मिक जागरण ल्याउने अपेक्षा गरिएको छ । साथै यस कार्यक्रमले युवा पुस्तालाई आफ्नै संस्कृति, परम्परा र मूल्यमान्यताप्रति गर्व गर्ने अवसर प्रदान गर्दै भविष्यमा आध्यात्मिक जीवनशैलीलाई आत्मसात गर्न प्रेरित गर्नेछ । यस ऐतिहासिक महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, धर्मगुरु, योगी, साधक एवं श्रद्धालुहरूको व्यापक सहभागिता रहनेछ। धार्मिक अनुष्ठानसँगै सामाजिक सेवा, आध्यात्मिक प्रवचन तथा शास्त्रचिन्तनजस्ता विभिन्न कार्यक्रमहरू आयोजना गरी महायज्ञलाई युगानुकूल, वैज्ञानिक र जीवनोपयोगी बनाइनेछ । अतः श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ (२०८२) ले नेपाललाई धार्मिक पर्यटनको विश्वव्यापी गन्तव्य बनाउने, गण्डकी प्रदेशलाई आध्यात्मिक पुनर्जागरणको केन्द्रका रूपमा चिनाउने तथा धर्म, संस्कृति र वैदिक परम्पराको संरक्षण एवं सम्बर्द्धनमा एक स्वर्णिम इतिहास रच्नेछ ।
(छ) ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ मा हजुर आगमन भइदिएर आशिर्वचन प्रदान गरिदिनुहुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
√ के हुँदैछ
– ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२
√ कहाँ हुँदैछ
– श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको नाममा रहेको भूमि तथा आसपासका भूमिहरुमा, पोखरा–१७, बिरौटा, कास्की ।
√ कहिले हुँदैछ
– मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म सम्पूर्ण कार्यक्रमः मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म र कोटिहोम कार्यक्रमः मिति २०८२ बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ।
√ के का लागि हुँदैछ
– राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामनाले हामी यो विशाल आयोजनमा जुटेका छौं । साथै पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने हामीले उज्यालो उद्देश्य बोकेका छौं । धार्मिक पर्यटनवृद्धिले राष्ट्रको सर्वतोमुखी विकासमा सशक्त सहयोग पुर्याउने हाम्रो सङ्कल्प अनुरूप गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण हेतु भवन निर्माण आदि सहयोगार्थ ।
√ कथा वाचक को हुनुहुन्छ
– नेपालकै कान्छी भागवत वाचिका सुश्री अनुराधा पाण्डेयज्यू (संगीतमय श्रीमत भागवद् कथा वाचन), अंतर्राष्ट्रीय कथा प्रवक्ता परम पूज्या देवी प्रतिभा जी (संगीतमय श्रीमद् भागवत कथा वाचन), देवी चन्द्रकला सखीज्यू (संगीतमय श्रीराम कथा वाचन, वाचन प्रवीण पण्डित श्री दीनवन्धु पोखरेलज्यू (संगीतमय शिव महापुराण कथा वाचन), प्रख्यात दार्शनिक वक्ता चैतन्यकृष्ण महाराजज्यू ९श्रीमद् भागवत कथा वाचन, प्रसिद्ध प्रवचनकर्ता सुप्रिया किशोरी जी (विशेष कथा प्रवचन) लगायत देशका सयभन्दा बढी कथा व्यास, भारत देखि जगद्गुरु, पीठाधीश्वर, महामण्डलेश्वर, धर्मगुरु तथा साधु, सन्त, विभिन्न अखडाका महन्त सँगसँगै अन्य कथा वाचकरवाचिकाज्यूहरुको आगमन सहित आशिर्वचन हुने ।
√ को द्वारा हुँदैछ
– श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायत विभिन्न संस्थाहरु ।
(ज) ऐतिहासिक महायज्ञ सम्बन्धी विशेष जानकारी
४१ दिन सम्म निरन्तर हवन को लागि हवन सामग्री आवश्यकता पर्ने हुँदा भक्तजनहरूले आ–आफ्नो घर वा क्षेत्रबाट उपलब्ध हुन सक्ने घिउ, तिल, जौं, तेल, सर्वौषधी, खुदो, पीपल, वर, आँप, समी, डुम्री, तितेपाती, खयर, साल, वयर, गिँदरी, वेल, साज, सल्ला, देवदारु, रुदिलो, श्रीखण्ड र सुगन्धित द्रव्य आदि हवनमा प्रयोग गरिने विशेष जडीबुटीहरू तथा अन्य दाउराहरु ल्याएर सहयोग गर्न सक्नुहुनेछ ।
क) पितृ उद्धारका लागि पितृको फोटो, नाम र थर गोत्र टिपाई पितृ मोक्षका लागि आवश्यक सामग्री सहित उपस्थित हुन सक्नु हुनेछ । श्राद्ध तर्पणादि कार्यद्वारा पितृ उद्धार गरिने छ ।
ख) करोड दीप प्रज्वलनका लागि प्रत्येक घरबाट पाँच सुते बत्ति ल्याई सहयोग गर्न सक्नु हुनेछ । जसबाट पितृको कल्याण र आफूलाई शान्ति मिल्नेछ ।
ग) ११००० शान्ति कलश पूजन गरिने हुँदा महायज्ञको समापन सँगै प्राप्त गर्ने गरी प्रतिगोटा रु १३००, जोडाको रु २५०० र तीन अथवा तीन भन्दा बढी कलश लिंदा रु १२०० रकम बुझाई अग्रिम रसिद लिएर सहयोग गर्न सक्नुहुनेछ ।
घ) दैनिक गौमाताको दूधको पञ्चामृत बनाइने हुँदा गाई पाल्नुहुने महानुभावहरूले गाईको संख्या तोकी दूध उपलब्ध गराएर सहयोग गर्न सक्नुहुनेछ ।
ङ) कीर्तनका लागि ठाउँठाउँबाट कीर्तन मण्डलीहरूले अग्रिम नाम टिपाएर सहभागी हुन सक्नुहुनेछ र उहाँहरुलाई विशेष सम्मान पनि गरिनेछ ।
च) कन्या पूजनको लागि आ–आफ्नो स–साना नानीहरूलाई स्नान गराई शुद्ध र सफा कपडा पहिराई उपस्थित गराउन सक्नुहुनेछ ।
ज) भूमि पूजनको लागि आ–आफ्नो घरबाट एक मुठी माटो लिएर आउनु हुनेछ । जसबाट सम्पूर्ण भूमिदोष निवारण हुनेछ ।
झ) राष्ट्रिय भजन प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्णले अग्रिम नाम टिपोट गरी सहभागी बन्न सक्नुहुनेछ ।
ञ) सबैले यथाशक्य कुनै पनि अन्न ल्याई अन्न पूजन गरी अन्न उब्जाउँदाको दोष निवारण गर्न सक्नुहुनेछ ।
ट) ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता हुनु भएका व्यक्तिहरूको सम्मान, कन्या पूजन, तुलादान, दुःख निवारण, विवाह–व्रतबन्ध या कुनै पनि कर्मका लागि अग्रिम नाम दर्ता गराउन सक्नुहुनेछ ।
ठ) कुनै पनि शुभ कार्यका लागि अग्रिम नाम टिपाउन सक्नुहुनेछ ।
ड) प्राप्त भेटीबाट भक्तजनहरूको लागि भोजन, प्रसाद र निवासको लागि निःशुल्क व्यवस्था गरिने छ ।
झ) ऐतिहासिक कोटिहोम महायज्ञका केही विशेष कार्यक्रम विवरणहरूः
१. विविध प्रचारात्मक कार्यक्रमः चैत्र १७ गतेदेखि वैशाख १० गतेसम्म ।
२. बृहत् साइकल प्रभातफेरी ९र्याली०स् मिति २०८२ बैशाक्ष ११ गते बिहान ७स्०० बजेबाट ।
३. बृहत् ट्याक्सी प्रभातफेरी ९र्याली०स् मिति २०८२ वैशाख १२ गते बिहान ७स्०० बजेबाट ।
४. बृहत् मोटरसाइकल प्रभातफेरी ९र्याली०स् मिति २०८२ वैशाख १३ गते बिहान ७स्०० बजेबाट ।
५. बृहत् डुंगा प्रभातफेरी ९र्याली०स् मिति २०८२ वैशाख १४ गते बिहान ७स्०० बजेबाट ।
६. बृहत् पैदल यात्रा मिति २०८२ वैशाख १५ गते, बिहान ७स्०० बजेबाट ।
७. विशाल मङ्गलमय कलश यात्राः मिति २०८२ वैशाख १६ गते बिहान ७स्०० बजेबाट ।
८. जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, बाचिकाआदिबाट विशेष शास्त्रीय प्रवचन निर्यामत हुने ।
९. मिति २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म साँ गुरुहरुद्वारा नियमित हवन तथा अनेकौं पुण्यमय कर्महरू गरिने ।
१०) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट विभिन्न गीत, सदीत, भजन, झाँकी,
देवलीला, नृत्यआदि प्रस्तुति हुने ।
११. देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनेताहरूको आगमन हुने ।
१२. सम्पूर्ण धार्मिक आध्यात्मिक परिवेश हुनेछ ।
१३. बिबाह साइतः मिति २०८२ वैशाख १, ३,५,७,८,१६,१७,२२,२३ र २८ गते हजारौंको बिबाह गरिने ।
१४. व्रतवन्ध साइतः मिति २०८२ वैशाख ५,१९ र २४ गते हजारौको सामूहिक नभई एकल व्रतबन्ध गरिने ।
१५. चौराशी पूजा साइतः मिति २०८२ वैशाख २९ गते सोमबार हजारौंको सामूहिक नभई एकल चौराशी पूजा गरिने ।
(ञ) ऐतिहासिक कोटिहोम महायज्ञका महत्त्वपूर्ण दिनाङ्कहरुः
१. कोटिहोम महायज्ञ २०८२ वैशाख ३ गते, बुधबारः
(क) भूमि पूजनः सोहि दिन सोही ११ः०१ बजे ।
(ख) यज्ञ कुण्ड खन्नेः( सोहि दिन सोही ११ः११ बजे ।
२. कोटिहोम महायज्ञको पुर्वाङ्गः २०८२ वैशाख १७ गते, बुधबार, सोही ७ः२७ बजे ।
३. कोटिहोम महायजमा हवनात्मक कार्य प्रारम्भः २०८२ वैशाख १९ गते, शुक्रबार ।
(क) अग्नी मन्थनः सोहि दिन सोही ६ः४४ बजे ।
(ख) यज्ञ कुण्डमा अग्नी प्रवेश गराउनेः सोहि दिन सोही ७ः१५ बजे ।
(ग) अग्नीमा समिधा दानः सोहि दिन सोही ७ः१९ बजे ।
(घ) अग्नी कुण्डमा आहुती प्रदानः सोहि दिन सोही ८ः०५ बजे ।
४. कोटिहोम महायज्ञको विधिवत पूर्णाहुती गरी अभिषेक र प्रसाद ग्रहण गर्नेः २०८२ जेठ २६ गते ।
(ट) २०८२ वैशाख १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुने कोटिहोम महायज्ञका दैनिक गतिविधी तथा कार्यक्रम तालिकाः
यज्ञ मण्डप तर्फः
१. बिहान ४ः०० बजे देखि ५ः०० बजे सम्म माइकबाट भजन कीर्तन सुनाउने ।
२. बिहान ५ः०० बजे देखि ६ः०० बजे सम्म बृहत योग विज्ञान शिविर सञ्चालन हुने ।
३. बिहान ६ः०० बजे देखि ८ः०० बजे सम्म वैदिक मन्त्र सहित आचार्य एवं पण्डित गुरुहरुद्वारा विशेष मण्डप पूजा गरिने ।
४. चारैवेद पाठ पारायण हुने ।
कथा मण्डप तर्फः
१. प्रत्येक दिन बिहान ९ः०० बजे देखि १०ः०० बजे सम्म वरिष्ठ उद्घोषकज्यूको मञ्च प्रवेश र भक्तजनलाई विशेष आहृवान हुने ।
२. बिहान १०ः०० बजे देखि १०ः३० बजे सम्म राष्ट्रिय कलाकारहरूको मञ्चमा प्रवेश र सङ्गीतमय भजन सुरू हुने ।
३. बिहान १०ः३० बजे देखि ११ः०० बजे सम्म कथा वाचिकाहरूको मञ्चमा प्रवेश सँग(सँगै व्यास पूजन तथा भागवतजीको विशेष आरती तथा मंगलाचरण ।
४. ११ः०० बजे देखि ११ः३० बजे सम्म विभिन्न क्षेत्रबाट पाल्नुभएका सन्त(महात्मा र कथा वाचक(वाचिका ज्यूहरूको प्रवचन र वहाँहरूलाई अभिनन्दन हुने ।
५. ११ः३० बजे देखि ५ः०० बजे सम्म प्रमुख वाचिकाज्यूहरूको मुखारविन्दबाट कथा वाचन सहित साङ्गीतमय भजन कीर्तन, संकल्पकर्ता गुरु महाराजश्रीको विशेष प्रवचन, विभिन्न देवलीला प्रदर्शन, दानवीर, प्रमुख अतिथि तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको मन्तव्य तथा सम्मान सहित विविध कार्यक्रमहरू हुने ।
६. ५ः०० बजे देखि ५ः३० बजे सम्म भागवतजीको विशेष महा आरती तथा फूलप्रसाद वितरण ।
७. ५ः३० बजे देखि ६ः०० बजे सम्म प्रमुख वाचिकाज्यूहरूको उपस्थितीमा महायज्ञ मूल आयोजक समारोह समितिका पदाधिकारीहरूसँग समीक्षात्मक बैठक हुने ।
८. ६ः३० बजे देखि ७ः०० बजे सम्म विभिन्न आचार्य पण्डित गुरुहरूबाट श्रीमद् भागवतको महात्म्य तथा विविध विषयमा प्रवचन हुने ।
९. ७ः०० बजे देखि ११ः०० बजे सम्म रात्रिकालीन भव्य साँस्कृतिक कार्यक्रम अन्तर्गत रामलीला, कृष्णलीला, रोचक नाटक, नृत्य, झाँकी सहित विभिन्न खेल आदि प्रस्तुती हुने ।
(ठ) ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञका प्रमुख गतिविधिहरुः
१. आचार्य, ब्रम्हा, होता, ऋत्विक गरि १०८ ब्राहृमणहरुद्वारा वैदिक मन्त्र सहित घिउ, चरु र विशेष जडीबुटीद्वारा एक करोड पच्चीस लाख आहुति हवन गरिने ।
२. ख्यातिप्राप्त पण्डित ज्यूहरुद्वारा नित्य मण्डप पूजा, स्वस्तिवाचन, अतिरुद्राभिषेक गरिने ।
३. सयौं जनाको तुलादान, चौरासी पूजा र पितृ उद्धार कर्म गरिने र आर्थिक अभाव भएका परिवारको सबै कर्म निःशुल्क गरिने ।
४. देश विदेशका ख्याति प्राप्त सन्त, महात्मा धर्मगुरुहरुको उपस्थिति र प्रवचन सहित सबैलाई नारिक अभिनन्दन गरिने र कथा व्यासजीहरुलाई कदर पत्रले विशेष नागरिक अभिनन्दन गरिने ।
५. राष्ट्रिय स्तरका कलाकारहरुको साथमा संगीतमय कथा वाचन सहित भजन कीर्तन र विशेष देवलीला दैनिक प्रस्तुति गरिने।
६. ११००० दिव्य कलश पूजन गरिने ।
७. नेपालभरिका सम्पूर्ण धार्मिक पर्यटकीय क्षेत्रहरुलाई विश्व भरी फैलाउनका लागि प्रचार(प्रसार र महत्वबारे प्रकाश पार्ने ।
८. चार वेद, श्रीमद्भागवत, शिव महापुराण लगायत अठार पुराण, रामायण आदि पाठ पारायण गरिने ।
९. कोटि पार्थिव शिवलिंग पूजन गरिनुका साथै कोटि वेलपत्र अर्पण गरिने ।
१०. कोटि दीप प्रज्वलन गरिने ।
११. ११,००० भन्दा बढी बाल(कन्याहरुको पूजन गरिने ।
१२. दैनिक १०८ गौमाताको दूध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने ।
१३. राष्ट्रिय स्तरको टेलिभिजनबाट नियमित र प्रत्यक्ष प्रसारण गरिने ।
१४. २१००० भन्दा बढी ज्येष्ठ नागरिकको सम्मान गरिनुका साथै समाजका शारीरिक अशक्तता हुनु भएका व्यक्तिहरुको सम्मान गरिने ।
१५. प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारको उपस्थिति रहने। नायक, नायिका, गायक, गायिका आदि ।।
१६. तण्डुलाचल (चामल) पर्वत निर्माण गरिने ।
१९. रात्रीको समयमा रामलीला, कृष्णलीला, ज्ञानमञ्च, विविध खेल अनवरत रुपमा प्रस्तुत गरिने ।
२०. भरत नाट्यं नृत्यको प्रस्तुति गरिने ।
२१. समाजमा विशेष योगदान दिनुभएका सामाजिक संघ(संस्था, धार्मिक संस्था, शैक्षिक संस्था, जनप्रतिनिधी, पत्रकार आदिलाई विशेष अभिनन्दन गरिने ।
२२. समाजका सामाजिक अभियन्ताहरुलाई अभिनन्दन गरिनुका साथै मठ(मन्दिरहरुका व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरिने ।
२३. सर्वधर्म सद्भावना सम्मेलन र सन्त सम्मेलनको आयोजना गरिने र उहाँहरुलाई विशिष्ट मञ्च र सम्मान दिइने ।
२४. दुःख(कष्ट, रोग व्याधि, आपत विपत या कुनै समस्याबाट ग्रस्त हुनुहुन्छ भने सबै समस्याबाट मुक्त हुनको लागि दुःख निवारण यज्ञ गरी विशेष पूजन गराइने ।
२५. नेपाल भरिका तीर्थभूमिको महत्व दर्साएर विश्वभर प्रचार(प्रसार गरिने ।
२६. दैनिक रुपमा करिव ११००० जनालाई प्रसादको व्यवस्था र ११०० जनालाई निःशुल्क भोजन र १००० जनालाई निःशुल्क आवासको व्यवस्था गरिने ।
(ड) ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञका प्रमुख आकर्षणहरुः
१. संगीतमय श्रीमद् भागवत कथा वचन हुने ।
२. श्रीराम कथा वाचन हुने ।
३. शिव महापुराण कथा वाचन हुने ।
४. श्री हनुमत् कथा वाचन हुने ।
५. श्रीमद् देवी भागवत कथा वाचन हुने ।
६. लाखौँको ब्रतवन्ध, विबाह, चौरासी पूजा, तुलादान जस्ता कर्म गरिने ।
७. प्रत्येक नेपालीको नाममा कोटि दीप प्रज्ज्वलन हुने ।
८. ३०० भन्दा बढी ब्राह्मण गुरुहरु द्वारा नियमित हवनमा सहभागी हुने ।
९। लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने ।
१०. १ करोड पार्थिव शिव लिङ्ग निर्माण गरी १ करोड वेल पत्र द्वारा पूजन गरिने ।
११. राष्ट्रिय भजन प्रतियोगिताको आयोजना हुने जसमा उचित पुरस्कार तथा सम्मानको पनि व्यवस्था गरिने ।
१२। कवि तथा सन्त सम्मेलन हुने ।
१३. धार्मिक संघर संस्थाको सम्मेलन हुने ।
१४. विशेष धर्म सभाको आयोजना गरिने ।
१५. ११ हजार कलश पूजन गरिने ।
१६. २५ हजार नरिवल यज्ञ भगवान तथा तालबाराही मातालाई भोग लगाएर आम भक्तजनहरुलाई प्रसाद स्वरुप बाडिने ।
१७. गण्डकी प्रदेशका ३ देखि ९ वर्ष सम्मका हजारौं बालिकाहरुको कन्या पूजन गरिने ।
१८. ७० वर्ष भन्दा माथि उमेर पुग्नुभएका गण्डकी प्रदेशका सम्पूर्ण ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिने ।
१९. गण्डकी प्रदेशका १००० भन्दा बढी स्रष्टालाई सम्मान गरिने ।
२०. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको आगमन हुने ।
२१. रामलीला, कृष्णलीला आदिको प्रस्तुति हुने ।
२२. शालिग्राम पूजन महामहोत्सवको आयोजना गरिने ।
२३. धार्मिक क्षेत्रहरुको चित्र निर्माण गरी चित्रकला प्रतियोगिता हुने ।
२४. गण्डकी सभ्यता, शालिग्राम क्षेत्र, मुक्ति क्षेत्र, दामोदर कुण्ड तथा यहाँका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक विषयहरुलाई लिएर वक्तृत्वकला हुने र विजयी हुनेलाई विशेष पुरस्कार तथा सम्मानको व्यवस्था गरिने ।
२५. वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने ।
२६. विभिन्न भजन मंच, ज्ञान मंच, विचार मंच जस्ता विभिन्न मंचहरुमा अलग अलग कार्यक्रमहरु आयोजना पनि गरिने ।
२७. तण्डुलाचल, धान्याचल पर्वत निर्माण पनि गरिने ।
२८. गण्डकी प्रदेशका धार्मिक संघर संस्था, मठ मन्दिर, आमा समूह आदिका पदाधिकारीहरु तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएकालाई विशेष सम्मान तथा अभिनन्दन गरिने ।
२९. गण्डकी प्रदेशका धार्मिक तथा सामाजिक अभियन्ताहरुलाई छुट्टै सम्मान पत्र, अभिनन्दन पत्र, कदर पत्र, प्रशंसा पत्र आदिले नागरिक अभिनन्दन गरिने ।
३०. शंकराचार्य, जगद् गुरु, विभिन्न अखडाका महन्त, विश्व प्रसिद्ध कथा प्रवक्ताहरु, धर्म गुरुहरुको आगमन हुने ।
३१. विभिन्न धार्मिक संस्था, गुरुकुल, गौशाला, धर्मशाला, मठ मन्दिर आदि संचालन गरी सामाजिक सेवामा उत्कृष्ट कर्म गर्नेलाई पनि छुट्टै सम्मानको व्यवस्था पनि गरिने ।
३२. गण्डकी प्रदेशका तीर्थ स्थलहरुको फोटो प्रदर्शनीहरु गर्दै त्यहाँको महत्त्वता बारे प्रचारर प्रसार गरिने ।
३३. हिन्दु, बौद्ध, जैन, किराँत, मष्टो लगायत विभिन्न धर्म सम्प्रदायमा आस्था राख्ने सबैलाई जमघट गरी सनातन संसद, धर्म संसद आदिको कार्यक्रम आयोजना गरिने ।
३४. ठुला ठुला सन्त, महन्त, विद्वान पण्डितहरुको समुह बनाई उहाँहरुको हस्ताक्षरबाट विभिन्न मान, पदवी, उपाधि तथा विभूषण पनि प्रदान गर्ने ।
३५. गण्डकी क्षेत्र भित्रका धर्म, संस्कृति तथा परम्परालाई उजागर गर्ने गरी गण्डकी प्रदेशमा विभिन्न धार्मिक, साँस्कृतिक लगायतका अन्य विषयलाई गण्डकी क्षेत्रको बारेमा कुनै पनि कविता, गजल, गीत, भजन, मन्तब्य आदि कुनै पनि विषयमा सर्वोत्कृष्ट प्रदर्शन गर्नेलाई विशेष पुरस्कारको व्यवस्था पनि गरिने ।
३६. नेपालका सबै जिल्लाहरुबाट प्रतिनिधित्व हुने गरी करिव ५०० भजन समुहलाई आमन्त्रण गरी प्रतिस्पर्धा गराएर उच्चतम पुरस्कार समेत प्रदान गरी गण्डकी राष्ट्रिय भजन प्रतियोगिताको आयोजना गरिने ।
३७. प्रत्येक घरबाट आफ्नो जमिनको माटो ल्याएर भूमि पूजन गरी दोष निवारण गरिने ।
३८. २१ फिट रुद्राक्षको शिव लिंग निर्माण गरिने ।
३९. धार्मिक पुस्तकहरुको प्रदर्शनी गरिने ।
४०. दुस्ख निवारण तथा मनोकामना पूर्ति यज्ञको आयोजना समेत गरिने ।
(ढ) गण्डकी कोटिहोम महायज्ञ भव्य र सभ्य रुपमा सु सम्पन्न गर्नका लागि विभिन्न समिति एवं उपसमितिहरुः
आदरणीय पुज्य गुरुदेव बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज गण्डकी कोटिहोमका संकल्पकर्ता हुनुहुन्छ । त्यसैगरी कोटिहोमलाई भव्य र सभ्य रुपमा आयोजना गर्ने उद्देश्यले विभिन्न समिति र उपसमितिहरु गठन गरिएका छन् । जसमा महायज्ञ आयोजक मूल समारोह समिति, आमन्त्रित अतिथि तथा पाहुना सत्कार उपसमिति, प्रचारप्रसार उपसमिति, संघसंस्था आदि समन्वय उपसमिति, योग तथा ध्यान व्यवस्थापन उपसमिति, अनुगमन व्यवस्थापन उपसमिति, प्रशासन तथा लेखा व्यवस्थापन उपसमिति, भजन तथा बाजागाजा व्यवस्थापन उपसमिति, वडा, गाउँपालिका, नगरपालिका संयोजन उपसमिति, स्वास्थ्य तथा प्राथमिक उपचार उपसमिति, पूजा तथा आरति व्यवस्थापन उपसमति, प्रसाद व्यवस्थापन उपसमिति, मातृशक्ति परिचालन तथा कलशयात्रा व्यवस्थापन उपसमिति, फूलमाला व्यवस्थापन उपसमिति, यायायात व्यवस्थापन उपसमिति, जलपान व्यवस्थापन उपसमिति, यज्ञ व्यवस्थापन तथा परिचालन व्यवस्थापन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, जन सम्पर्क उपसमिति, भण्डार भोजन तथा आवास व्यवस्थापन उपसमति, सम्मानपत्र तथा कदरपत्र लेखन एवं प्रदान उपसमिति, समुद्घाटन तथा शोभा कलश यात्रा व्यवस्थापन उपसमिति, बत्ति तथा तेल व्यवस्थापन उपसमिति, महायज्ञ स्मारिका प्रकाशन उपसमिति, सरसफाई उपसमिति, वाद्यवादन तथा सांस्कृतिक टोली व्यवस्थापन उपसमिति, भजनमण्डली तथा चुड्का व्यवस्थापन उपसमिति, सन्त तथा विद्धत सम्पर्क उपसमिति, मिडिया संयोजन उपसमिति, सुरक्षा व्यवस्थापन उपसमिति, राजनीतिक दल समन्वय तथा प्रतिनीधि आमन्त्रण एवं व्यवस्थापन उपसमिति गरी जम्मा ८४ वटा समिति र उपसमितिहरु गठन गरिदैं लगिने छन् ।
(ण) कोटिहोम महायज्ञलाई विधिवत, शास्त्रसम्मत एवं अन्य क्षेत्र बाट भव्य र सभ्य रुपमा आयोजना गर्नका लागि कोटिहोम आयोजक संस्था सँगसँगै मुख्य ६ वटा समिति र उपसमितिहरुको सल्लाह, सुझाव र मार्गनिर्देशन प्राप्त गरिएको छ ।
१. मार्ग निर्देशन मण्डल
यो मण्डल वेदविज्ञ, संस्कृतविद्, सनातन धर्मका ज्ञाता तथा धर्मगुरुहरूको सल्लाह, सुझाव र मार्गदर्शनलाई अनुशरण गर्दै कोटिहोम आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले मनोनयन गरिएको छ। यस मण्डलमा सनातन धर्मका प्रतिष्ठित धर्मगुरुहरू, वेद(वेदाङ्गका विद्वान्हरू, संस्कृतविद् तथा शास्त्रविशारद व्यक्तित्वहरू एवं षड्दर्शनकाआचार्यगुरुहरुलाई मनोनयन गरिएको छ । कोटिहोमको सम्पूर्ण धार्मिक विधि पद्धति, वैदिक मर्यादा एवं शास्त्रीय परम्पराअनुसार आयोजना गर्न, मार्गनिर्देशन मण्डलको गहन अध्ययन, सल्लाह, सुझाव तथा मार्गदर्शनलाई अनुसरण गर्दै कार्यान्वयन गरिनेछ ।
२. प्रमुख संरक्षक समितिः
यस समितिमा सम्पूर्ण देशभरिका जनप्रतिनिधि ज्युहरू संलग्न हुनुहुनेछ । कोटिहोम सफलतापूर्वक सम्पन्न गर्नका लागि स्थानीय, प्रदेश तथा संघीय तहका जनप्रतिनिधिहरूको आवश्यक सहयोग, समन्वय र मार्गदर्शन प्राप्त गर्न संरक्षक समिति मनोनयन गरिएको छ । यस समितिले कोटिहोम आयोजनाको व्यवस्थापन, शान्ति सुरक्षा, भौतिक पूर्वाधार तथा जनसहभागिता सुनिश्चित गर्न आवश्यक नीति निर्माण, सहजीकरण र सम्पूर्ण सरोकारवालासँग समन्वयको कार्य गर्नुहुनेछन् । साथै समितिले आयोजनाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई जनमानसमा प्रभावकारी रूपमा प्रवाह गर्न सहयोग पुर्याउनेछन् ।
३. वरिष्ठ संरक्षक समिति
यस समितिमा देशभरिका विभिन्न राजनीतिक दलका प्रमुखज्यूहरुलाई मनोनयन गरिएको छ । यस समितिको भूमिका राजनीतिक दृष्टिकोणबाट कोटिहोम महायज्ञको आयोजनामा समर्थन र समन्वय प्रदान साथै आयोजकहरूको योजनामा राजनीतिक र सामाजिक एकताको सुनिश्चितता हुनेछ। यज्ञलाई सबै तहमा सफलतापूर्वक सञ्चालनमा मद्दत पुर्याउँन समितिका सदस्यहरूका अनुभव र मार्गदर्शनले आयोजकीय प्रक्रियामा सशक्त सहयोग पुर्याउँनेछ ।
४. संरक्षक समिति
यस समितिमा सम्पूर्ण सरकारी कर्मचारीज्यूहरुलाई संलग्न गरिएको छ । कोटिहोम महायज्ञको आयोजनामा सरकारी तवरबाट आवश्यक समन्वय र सहकार्य प्रदान गर्ने मुख्य उद्देश्यले मनोनयन गरिएको छ । सरकारी कर्मचारीज्यूहरूको अनुभव र प्रशासनिक क्षमताले यज्ञको आयोजनामा आवश्यक प्रशासकीय सहयोग र मार्गदर्शन सुनिश्चित गर्नेछ। यस समितिले विभिन्न सरकारी निकायहरूसँग समन्वय गरी यज्ञको लागि आवश्यक अनुमति, भौतिक पूर्वाधार र सार्वजनिक सेवाहरूको व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउने कार्यमा सक्रिय भूमिका खेल्नेछ। यस समितिको योगदानले यज्ञको आयोजनालाई कानूनी र प्रशासनिक दृष्टिकोणबाट मजबुत आधार प्रदान गर्नेछ ।
५. वरिष्ठ सल्लाहकार समिति
यस समितिमा धार्मिक तथा सामाजिक संघ–संस्थाका अध्यक्षज्यूहरू तथा विगतमा यज्ञहरू आयोजना गर्दै संयोजकजस्तो गरिमामय जिम्मेवारी निर्वाह गरिसक्नुभएका सम्मानित व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ । कोटिहोमलाई शास्त्रसम्मत, अनुशासित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक परामर्श, मार्गदर्शन तथा अनुभवजन्य सुझाव प्रदान गर्नु यस समितिको मूल उद्देश्य हुनेछ ।
६. सल्लाहकार समितिः
यस समितिमा देशभरिका आमा समुह, टोल विकास समिति, वित्तिय क्षेत्रका प्रमुखज्यूहरु, विभिन्न व्यसायका प्रमुखज्यूहरु, उद्योग व्यवसायीहरु तथा युवा क्लवका पदाधिकारीज्यू लगायत अन्य कुनैपनि निकायका प्रमुखज्यूहरुलाई मनोनयन गरिएको छ । यो समितिको प्रमुख उद्देश्य कोटिहोम महायज्ञको आयोजनामा सामुदायिक सहभागिता, स्थानीय सहयोग र व्यावहारिक सुझावहरू प्रदान गर्नु हो। समितिका सदस्यहरूले स्थानीय समुदायका आवश्यकताहरू, अपेक्षाहरू र सुझावहरूलाई आयोजकसम्म पुर्याउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। यस समितिको मार्गदर्शन र सल्लाहले यज्ञको आयोजनामा समुदायको सक्रिय र सशक्त समावेशिता सुनिश्चित गर्नेछ। यसले यज्ञको सामाजिक र सांस्कृतिक प्रभावलाई अझ व्यापक बनाउनेछ साथै स्थानीय स्तरमा उत्साह र सहयोगको वातावरण सिर्जना गर्नेछ।
७. मूल आयोजक समारोह समितिः
कोटिहोम महायज्ञको सम्पूर्ण व्यवस्थापन, सञ्चालन र कार्यान्वयनको मूल जिम्मेवारी यही समितिले निर्वाह गर्नेछ। यज्ञ सम्बन्धित सम्पूर्ण कार्यक्रमहरूलाई योजना अनुसार प्रभावकारी ढंगले अघि बढाउने, आवश्यक समन्वय तथा निर्देशन प्रदान गर्ने र विविध उपसमितिहरूबीच सहकार्य सुनिश्चित गर्ने कार्यमा मूल आयोजक समारोह समिति सक्रिय रहनेछ। धार्मिक विधि(पद्धतिबाट प्रारम्भ हुने यज्ञको तयारीदेखि समापनसम्मको सम्पूर्ण यात्रा यो समितिको निगरानी, व्यवस्थापन र नेतृत्वमा सम्पन्न हुनेछ। कोटिहोमलाई मर्यादित, अनुशासित, शास्त्रसम्मत र सर्वसुलभ बनाउँदै जनमानसमा गहिरो आध्यात्मिक प्रभाव छोड्न मूल आयोजक समारोह समितिको मुख्य भूमिका हुनेछ।
८. कानूनी सल्लाहकार समिति
यस समितिमा ५ जना सम्मानित व्यक्तित्वज्यूहरूलाई मनोनयन गरिएको छ। कानूनी सल्लाहकार समितिको प्रमुख उद्देश्य कोटिहोम महायज्ञको आयोजनासँग सम्बन्धित सम्पूर्ण कानूनी प्रक्रिया, अनुमति, दायित्व र नियमकानुनको पालना सुनिश्चित गर्नु हुनेछ। समितिका सदस्यहरूले आयोजनाको कानूनी पक्षमा मार्गदर्शन र सुझाव प्रदान गर्नुहुनेछन् ।
समितिले स्थानीय प्रशासन, नगरपालिका र अन्य सरकारी निकायहरूसँग समन्वय गर्दै आवश्यक कानूनी औपचारिकताहरूलाई पूरा गर्न सुनिश्चित गर्नेछ। यदी कुनै विवाद, दावी वा कानूनी जोखिम उत्पन्न भएमा समितिले त्यसको समाधानका लागि उपयुक्त कानूनी मार्गदर्शन प्रदान गर्नेछ। आयोजनाको सुरुवातदेखि समापनसम्म सबै कार्य कानूनी रूपमा सुरक्षित र निर्विवाद रूपमा सम्पन्न गर्न यो समिति समर्पित रहनेछ। समितिको कार्यले समुदाय, सरकार र आयोजक बीच कानूनी सहमति र सहकार्य कायम गर्दै यज्ञको सम्पूर्ण प्रक्रियालाई कानूनी रूपले मजबुत बनाउनेछ ।
(त) ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को मूल समारोह समितिमा निम्न पदाधिकारीज्यूहरु रहनुहुनेछ ।
कोटिहोम ज्ञान महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज हुनुहुन्छ भने महायज्ञ निर्देशक १ जना, महायज्ञ सह–निर्देशक १ जना, संयोजक १ जना, महासचिव १ जना, प्रवक्ता १ जना, सहसंयोजक १५ जना, उप संयोजक ३१ जना, वरिष्ठ सदस्य १५१ जना, विशेष सदस्य २५१ जना र सदस्य ४६४८ जना गरी जम्मा ५१०१ जनाको मूल आयोजक समिति गठन गर्दै विस्तार गरिनेछ ।
(थ) ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञ संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजज्यूको संक्षिप्त परिचय
समाजसेवा, अध्यात्म र मानवताका क्षेत्रमा अपूर्व योगदान पुर्याउँदै आउनुभएका महान व्यक्तित्व बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज एक अद्वितीय प्रेरणाका स्रोत हुनुहुन्छ। विगत १५ वर्ष भन्दा बढी समय देखि उहाँले नेपालमा समाजसेवा, धार्मिक चेतना जागरण, शिक्षा, स्वास्थ्य र परोपकारी कार्यमार्फत हजारौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु भएको छ।
असहाय, बेसहारा र पीडित वर्गको सेवामा समर्पित बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले समाजसेवामा समर्पित दर्जनौं सामाजिक संस्थाहरू संचालन गर्दै आउनुभएको छ। उहाँका अगुवाइमा संचालित मानव सेवा फाउण्डेसन, नेपाल लगायतका संस्थाहरूले हजारौं विपन्न तथा असहाय व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, खाद्य, आवास तथा आत्मनिर्भरताको अवसर प्रदान गरिरहेका छन्। उहाँको निष्ठा, लगनशीलता र सेवाभाव अद्वितीय छ। समाजको समुन्नतिका लागि उहाँले अनेक अग्रगामी कार्यहरू गर्नुभएको छ। सामुदायिक विद्यालय तथा शिक्षालयहरूको निर्माण, आश्रमहरूको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण जस्ता क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको छ।
नेपालभर आयोजना गरिएका आध्यात्मिक प्रवचन, धार्मिक अनुष्ठान तथा कोटिहोम महायज्ञहरूबाट संकलित दानरकम बाट समाजसेवाका विभिन्न क्षेत्रमा योगदान दिदै उहाँले हजारौं असहायहरूलाई जीवनको नयाँ किरण प्रदान गर्नुभएको छ। धर्म, संस्कृति र परोपकारी कार्यहरूको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ भन्ने दर्शनमा आधारित उहाँका गतिविधिहरू नेपालभर चर्चा एवं प्रशंसा योग्य छन्। उहाँ एक कुशल आध्यात्मिक मार्गदर्शक, प्रेरणादायी वक्ता तथा मानव कल्याणका संरक्षक हुनुहुन्छ। उहाँका प्रवचनहरूले लाखौं मानिसलाई धर्म, नैतिकता, परोपकार तथा समाजसेवाको मार्गमा अघि बढ्न प्रेरित गरेका छन्।
उहाँको अथक परिश्रम, त्याग र समर्पणका कारण नेपालका सीमान्तकृत तथा वञ्चित वर्गका व्यक्तिहरूले नयाँ जीवन पाएका छन्। समाजमा शान्ति, भाइचारा, धार्मिक सहिष्णुता तथा समानताको प्रवर्द्धन गर्न उहाँको भूमिकाले एक नयाँ युगको सूत्रपात गरेको छ। उहाँको योगदान इतिहासका पानाहरूमा सुनौलो अक्षरले लेखिन योग्य छन् ।
(द) ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञ संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजज्यूद्वारा संचालित केही संस्था एवं गण्डकी कोटिहोम आयोजक सँस्थाहरुको परिचयः
१. श्री मानव सेवा फाउण्डेसन, नेपाल
नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको श्री मानव सेवा फाउन्डेसन, नेपाल एक गैरनाफामूलक सामाजिक संस्था हो । विगत देखिनै यस संस्थाले विविध सेवा, सहयोग र परोपकारी कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयास गरिरहेको छ । देशका विभिन्न जिल्लाहरुमा गएर देशभरिनै समाजसेवा गर्ने यस संस्थाको मुख्य कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीमा अवस्थित छ भने शाखा कार्यलय पोखरा महानगरपालिका वडा नं. ०८, सृजनाचोकमा अवस्थित छ ।
समाजको दुःखमा मल्हम लगाउने सपना बोकेर समाजसेवामै आफ्नो जीवन समर्पित गर्नुभएका वालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज यस संस्थाका संस्थापक हुनुहुन्छ ।
सहाराबिहीन भएकै कारण कसैले बेसाहारा हुनु नपरोस्, कोही भोकै नबसोस्, कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित नहोस्, अभिभावक बिहीन भएकै कारण कसैको बाल्यकाल नखोसियोस् र भविष्य निमार्णमा बाधा नपरोस् भन्ने महाराजश्रीको संकल्पले नै मानव सेवा फाउन्डेसन, नेपाल संस्था लगायत दर्जनौं सामाजिक कार्यमा आवद्ध संस्थाहरु स्थापना हुन पुगे ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यसँग सम्बिन्धत यस सँस्थाका उद्देश्य, गतिविधि र विशेषताहरु निम्नानुसार रहेका छन्ः
(क) उद्देश्यहरूः
– असहाय, बेसहारा, अशक्त र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई खाद्य, वस्त्र, स्वास्थ्य र आश्रयको व्यवस्था गर्दै उनीहरूको जीवनमा नयाँ आशा र सहाराको अनुभूति गराउनु ।
– धार्मिक सहिष्णुता, शान्ति र भाइचारा प्रवर्द्धन गर्न पहल गर्नु ।
– समाजमा व्याप्त छुवाछूत, जातीय भेदभाव र असमानताका विरुद्ध जनचेतना फैलाउनु ।
– विपद् व्यवस्थापन तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्नु ।
– स्वास्थ्य, शिक्षा र रोजगारका अवसर सिर्जना गरी समुदायको जीवनस्तर उकास्नमा पहल गर्नु ।
– संस्कृति, परम्परा र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय सहभागिता जनाउनु ।
(ख) गतिविधिहरूः
– धार्मिक कार्यक्रमहरूः कोटिहोम ज्ञान महायज्ञ र विभिन्न अनुष्ठान आयोजन गरी विश्वकल्याण, सुख, शान्ति एवं धार्मिक चेतना जागृत गर्दै संकलित सम्पूर्ण दान रकमबाट अनाथालय, वृद्धाश्रम लगायत समाजसेवाका अन्य कार्यहरुमा उपयोग गरिरहेको ।
–सामाजिक सहयोग कार्यक्रमहरूः अशक्त नागरिक, अविभावक विहीन बालाबालिका, बेसहारा आमाबुवा र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई सहयोग गरिरहेको ।
–शिक्षा र स्वास्थ्य अभियानहरूः विद्यालय निर्माण, छात्रवृत्ति प्रदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको ।
–सांस्कृतिक संरक्षणः परम्परागत पर्वहरू मनाउन प्रोत्साहन गर्दै संस्कृति र मौलिकताको रक्षा गरिरहेको ।
–दुःखमा परेका व्यक्तिहरूलाई राहतः बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोपमा परेकालाई आर्थिक, भौतिक र भावनात्मक सहयोग प्रदान गरिरहेको ।
–पर्यावरण स्वच्छता महाअभियानः विभिन्न सार्वजनिक स्थल, मठमन्दिर, नदिनाला आदिको स्वच्छता कायम राख्न सयौं स्वयंसेवहरुद्वारा वृहत सरसफाई महाअभियान आयोजना गरिरहेको ।
(ग) विशेषताहरूः
–समाजमा शान्ति, एकता र भाइचारा स्थापित गर्दै समाजलाई समृद्ध बनाउनमा समर्पित यस सँस्थाले सोही लक्ष्य प्राप्तीमा आधारित गतिविधिहरु गर्दै आएको।
–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सनातन धर्म, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको।
– मनकारी, समाजसेवी र सहयोगी दाताहरुको सहयोग र सहकार्यबाट संस्था अघि बढ्दै गरेको।
–आफ्नो सत्प्रयास र निष्ठाका साथ समाजको हरेक तह र तप्कामा सकारात्मक प्रभाव पार्न सफल हुँदै आएको ।
–सामाजिक न्याय, समानता र परोपकारलाई जीवन्त राख्न एउटा उदाहरणीय भूमिका निर्वाह गरिरहेको।
स–साना प्रयासहरूले असहायहरूको आँखामा आशा भर्ने, प्यासीहरुको तिर्खा मेट्ने, भोकाहरूको पेट भर्ने र साहारा विहीनहरुको साहारा बन्ने कार्यमा मानव सेवा फाउन्डेसन, नेपाल सदैव समर्पित छ।
२. छोरीको घर ज्येष्ठ नागरिक आश्रम
गास, बास, कपास, गुणस्तरीय स्वास्थ्य र सुरक्षा बाट वञ्चित साहाराबिहीन ज्येष्ठ नागरिक आमाबुवाहरुलाई न्यानो आश्रय दिंदै आईरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम समाजसेवामा समर्पित एक गैर–नाफामूलक सामाजिक संस्था हो । जेष्ठ नागरिकहरूलाई सुरक्षित र आत्मीय वातावरण प्रदान गर्ने उद्देश्यका साथ यस ज्येष्ठ नागरिक आश्रमको स्थापना गरिएको हो । हाल यस आश्रममा दर्जनौं आमाबुवा माया, हेरचाह र स्वास्थ्य उपचारका साथ स्नेहमैत्री वातावरणमा आश्रीत हुनुहुन्छ । जीवनको उत्तरार्ध सुखमय होस् भनी पूजनीय अभिभावकहरूलाई सम्मानजनक र खुसीपूर्ण ढंगले बिताउन दिनु हाम्रो प्रमुख प्रतिबद्धता रहेको छ। सेवा, करुणा र सामाजिक उत्तरदायित्वका मूल्यमान्यताहरूलाई आत्मसात गर्दै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले प्रत्येक जेष्ठ नागरिक आमाबुवालाई आत्मीय वातावरणमा सुरक्षित जीवन बिताउन सहयोग गर्दछ ।
छोरीको घर आश्रममा जेष्ठ नागरिकहरूको सहज जीवनयापनका लागि विभिन्न सुविधाहरू निःशुल्क रुपमा प्रदान गरिन्छ। सफा, सुरक्षित र आरामदायी आवासको व्यवस्था सँगसँगै आमाबुवाहरुको पोषण आवश्यकता अनुसार पौष्टिक भोजन उपलब्ध गराइन्छ। स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकता दिंदै नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकहरूको उपलब्धता र आकस्मिक स्वास्थ्य सेवाका लागि अस्पतालहरूसँगको समन्वय पनि छोरीको घरले सुनिश्चित गरेको छ । हामी उमेरको अनुभवलाई सम्मान गर्दछौं, विविधता अंगाल्छौं र सेवा, करुणा तथा ममताका मूल्यहरूबाट प्रेरित छौं। हाम्रो ढोका सधैं सहयोगको खोजीमा आउने जोकोहीका लागि खुला छ र हाम्रो प्रयास प्रत्येक जेष्ठ नागरिकको जीवनमा उज्यालो भर्न केन्द्रित छ।
यहाँ आउने प्रत्येक अभिभावकका लागि छोरीहरूको स्नेह, माया र समर्पणको अनुभूति हुने सुनिश्चित गर्दै हामी उहाँहरूको बाँकी जीवनलाई सम्मानजनक, खुसीमय र सुरक्षित बनाउने प्रयासमा समर्पित छौं ।
आमाबुवाले आफ्नो सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्छन्। आफूले नखाई, नलाई हरेक सुख–सुविधाबाट वञ्चित हुँदै, सन्तानलाई उज्ज्वल मार्गमा लैजान उनीहरू समर्पित रहन्छन् । तर जब उमेर ढल्कँदै जान्छ, शारीरिक शक्ति घट्दै जान्छ, त्यही सन्तानबाट तिरस्कृत हुने, अपहेलित हुने, घरबाहिर धपाइने वा वेवास्ता गरिने दुःखद अवस्था हाम्रो समाजमा विद्यमान छ ।
यस्तै साहाराविहीन, असहाय र अपहेलित ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक जीवन प्रदान गर्ने उद्देश्यले छोरीको घर ज्येष्ठ नागरिक आश्रम निःशुल्क गास, बास, कपास, गुणस्तरीय स्वास्थ्य सेवा र सुरक्षा प्रदान गर्दै आएको छ। सेवा, करुणा र ममताका मूल्यहरू आत्मसात गर्दै आश्रमले प्रत्येक आमाबुवालाई आत्मीय वातावरणमा सुरक्षित जीवन बिताउन सहयोग गरिरहेको छ ।
३. मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपाल ९मामाघर अनाथालय आश्रम
मानिस जन्मिन्छ, हुर्कन्छ, समाजसँग गाँसिन्छ । तर यो संसारमा जन्म लिने प्रत्येक बालकले परिवारको माया, बाबुआमाको काख र दाजुभाइ(दिदीबहिनीको साथ पाउँदैनन्। कतिपय निष्ठुरी परिस्थितिले उनीहरूको खुसी खोस्छ, तिनको भविष्य अन्धकारमय बनाइदिन्छ। यही कठोर यथार्थको बीचमा मामाघर अनाथ आश्रम, ललितपुरमा देशभरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म विभिन्न जिल्लाबाट ८५ जना बालबालिकाहरु हुनुहुन्छ । जसमा विभिन्न कारणले अभिभावक गुमाउनु भएका गास, बास, कपास, स्वास्थ्य र शिक्षा बाट बञ्चित हुनुभएका एकदम विपन्न परिवारका बालबालिकाहरु आएर आश्रममा आश्रीत भई ललितपुरका विभिन्न विद्यालयमा अध्ययनरत हुनुहुन्छ । जसमा अनुशाशित, लगनसिल र अध्ययन प्रति अत्याधिक रुचि राखी कडा परिश्रमले विद्यालय प्रथम, कक्षा प्रथम साथै सर्वोत्कृष्ट बालबालिकाहरुलाई कक्षा स्तरोन्नती गर्दा समेत माथिल्लो कक्षामा उत्कृष्टता प्रदर्शन गरिरहेका छन् । सँगसँगै किताबी ज्ञानमा मात्र सिमित नभई खेलकुद, नृत्य, गीत संगीत, वक्तृत्वकला लगायत अन्य अतिरिक्त क्रियाकपालमा समेत उत्तिकै अब्बल रहेका छन् ।
प्रत्येक बच्चाले स्वच्छ पौष्टिक भोजन, स्नेहरुपी घर, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र भावनात्मक समर्थन पाउनु पर्छ भन्ने दृढ विश्वास लिई अभिभावक विहिन, अनाथ तथा आधारभूत आवश्यकताबाट बञ्चित बालबालिकाहरुलाई आत्मविश्वासी र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्ने स्वतन्त्र व्यक्ति बन्न सशक्त बनाउने उद्देश्य लिई सुरक्षित वातावरण प्रदान गर्ने, हुर्काउने र सफल बनाउने दिशामा मामाघर अनाथालय आश्रम समर्पित छ।
विगतको दिनहरुमा पनि मामाघर अनाथालय आश्रमले नेपाल भरीका सयौँ अभिभावक विहिन, बेसाहारा तथा आधारभुत आवश्यकक्ताबाट वञ्चित बालबालिकाहरुको लागि अभिभावक बनेर उनिहरुको गास, बास, कपास, स्वास्थय, सुरक्षा र गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको छ । जाजरकोटको भुकम्पबाट विचल्लीत भएर अनाथ बनेका ३० जना बालबालिकाको समेत साहारा बनी अभिभावकत्व यहि मामाघर अनाथालय आश्रमले गरेको थियो ।
मामाघर अनाथालय आश्रम जहाँ निस्वार्थ प्रेम, सुरक्षा र अपनत्व पाइन्छ । यहाँ आमाको काख गुमाएका बालबालिकालाई मातृत्वको अनुभूति दिलाइन्छ, बाबुको अभाव पूर्ति गरिन्छ, परिवारको न्यानो माया दिइन्छ । हिजो भोकै सुतेका, चिसो सडकमा रात बिताएका ती नानीहरू आज मामाघरको कोमल काखमा आश्रय पाइरहेका छन् । मामाघरमा आश्रय पाएका बालबालिकाहरू केवल पेटभरि खाना मात्र पाउँदैनन्, उनीहरूका सपनाहरूलाई पखेटा दिइन्छ । शिक्षा, अनुशासन, नैतिकता र आत्मनिर्भरताको पाठ सिकाइन्छ । यहाँ हुर्केका बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गरि भविष्यमा आफ्नै जीवनको बाटो स्वयंले बनाउदै समाजमा उदाहरणीय व्यक्ति बन्नका निमित्त मामाघर अहोरात्र खटिरहेको छ। अभिभावक बिहीन भएकै कारण कसैको बाल्यकाल नखोसियोस् । कसैको आधारभूत आवश्यकता नखोसियोस । साथै भविष्य निमार्णमा कुनैपनि किसिमको बाधा नपरोस् भन्ने संकल्प लिएर यस पुनित कार्यको सुरुवात वालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज ले गर्नुभएको थियो । अरुको दुस्ख देख्न नसक्ने आदर्श पुरुष वालयोगेश्वर विजयश्री कृष्णमुर्ति जी महाराज भन्नुहुन्छन् सबै बालबालिकाले माया पाउने अधिकार राख्छन् ।
(ध) बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजज्यूबाट समाजसेवामा समर्पित सामाजिक संस्थाहरुः
१. श्री विजय कृष्णमूर्ति जी महाराज फाउण्डेसन, नेपाल (काठमाडौ)
२. श्री मानव सेवा फाउण्डेसन, नेपाल (काठमाडौ)
३. श्री मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपाल (ललितपुर)
४. श्री छोरीको घर जेष्ठ नागरिक आश्रम (भक्तपुर)
५. श्री हिन्दु सेना, नेपाल (काठमाडौ)
६. श्री डोनेट फर नेपाल (काठमाडौ)
७. श्री मामाघर परोपकार तथा सेवा आश्रम (ललितपुर)
८. श्री माईतीघर जेष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र, नेपाल (काठमाडौ)
९. श्री पञ्चकन्या धाम एवं गाईघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान, नेपाल (तनहु)
१०. वैश्विक स्रस्टा सम्माष्न संस्था तथा राष्ट्र सेवा फाउण्डेसन, नेपाल (काठमाडौ)
११. स्वधर्म परिवार, नेपाल (काठमाडौ)
।। प्रतिवद्धता ।।
हामी सनातन धर्मको संरक्षण, संवर्धन र जर्गेनामा पूर्ण निष्ठासाथ समर्पित रहँदै, ऐतिहासिक श्रीगण्डकी शत ९सय० कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञलाई दिव्य आध्यात्मिक संचार, सांस्कृतिक उत्थान र धार्मिक पुनर्जागरणको ज्योतिस्वरूप स्थापित गर्ने लक्ष अनुरूप यो महाअभियानमा जुटेका छौं । जस अनुरुप मानव जीवनमा आध्यात्मिक शुद्धता, धार्मिक चेतना र नैतिक मूल्यहरूको पुनर्स्थापनामा महत्वपूर्ण भूमिका खेल्नका लागि गण्डकी कोटिहोम वैदिक ज्ञान, शास्त्रीय मर्यादा र धर्मगुरुहरूको मार्गदर्शनमा सम्पन्न हुँदैछ । साथै यस महायज्ञमार्फत गण्डकी प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको विश्वस्तरीय प्रचार–प्रसार गरिँदैछ। यो विराट धार्मिक अनुष्ठानले विविध समुदायहरूबीच सनातनी परम्परा, सांस्कृतिक आस्था र रीतिरिवाजप्रतिको श्रद्धा, समर्पण र सहअनुभूतिलाई सुदृढ गर्दै आत्मीयताको सेतु निर्माण गर्ने अभिलाषा राख्दछ। साथै यज्ञको माध्यमबाट समाजमा धार्मिक सहिष्णुता, सामाजिक समता र एकताको भावना फैलाउने हाम्रो उद्देश्य रहेको छ। युवापुस्तामा धार्मिक चेतना जगाउने, हराउँदै गएका संस्कार र परम्पराहरूको पुनर्जागरण गर्ने र सिङ्गो राष्ट्रलाई वैदिक गौरव, आध्यात्मिक समृद्धि र सांस्कृतिक उन्नतितर्फ उन्मुख गराउने दिशामा यो यज्ञ धार्मिक पुनर्जागरणको पवित्र आधारशिला बन्नेछ ।
गण्डकी कोटिहोम महायज्ञ एक विशुद्ध वैदिक परम्परामा आधारित, युगान्तकारी र ऐतिहासिक महाअभियान हो । सनातन धर्मको मूल मर्मअनुसार समाजमा आध्यात्मिक चेतना, सामाजिक सुधार र सांस्कृतिक पुनर्जागरणको संदेश फैलाउने उद्देश्य बोकेको यस महान कार्यलाई पूर्ण श्रद्धा, विश्वास र उत्तरदायित्वका साथ सम्पन्न गर्न संकल्पित छौं। यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी बनाउने अभिप्रायले देश–विदेशका धर्मगुरु, जगद्गुरु, कथा वाचक, साधु–सन्त, महन्त, पिठाधीश्वर, ५०० भन्दा बढी गुरुजन तथा मण्डलेश्वरज्यूहरूलाई आमन्त्रण गरिएको छ। धार्मिक क्षेत्रका यति विशाल संख्या र उच्च तहका आध्यात्मिक व्यक्तित्वहरूको समागमले यस यज्ञलाई विश्वव्यापी धर्म–संवाद र समन्वयको उत्कृष्ट अवसरका रूपमा स्थापित गर्ने हाम्रो विश्वास रहेको छ।
तीव्र गतिको परिवर्तनशील आधुनिक परिवेशमा समाजमा पुराना मूल्य र मान्यतासँगको सम्बन्ध कमजोर हुँदै गएको छ। यस अवस्थामा कोटिहोम महायज्ञले धार्मिक शिक्षा र संस्कृतिको गहिरो प्रभावलाई आधुनिक यथार्थसँग समाहित गर्दै नयाँ पुस्तामा पुनः जीवित राख्ने महान उद्देश्यको परिपूर्ति गर्दै एक प्रभावकारी माध्यमको रूपमा कार्य गर्दैछ। यसले धार्मिक एकता र सामाजिक सद्भाव प्रवर्धन गरी सांस्कृतिक धरोहरको सम्मान गर्दै सम्पूर्ण राष्ट्रलाई एक सकारात्मक दिशा दिने कार्य पनि गर्दैछ। गण्डकी प्रदेश र कास्की जिल्लाका विभिन्न सनातनी संस्था, संगठन लगायत धार्मिक तथा समाजिक अभियन्ता एवं आम गण्डकीबासी भक्तजनको विशेष अनुरोधमा असोज महिनादेखिनै पोखरामा कोटिहोम महायज्ञ आयोजना गर्ने निर्णयमा पुगिएको र पूर्व तयारीका सम्पूर्ण कार्यहरु पनि सोही समयदेखि सञ्चालन हुँदैं अएका छन् । महायज्ञको पूर्व तयारी, व्यवस्थापन र सञ्चालन देखि महायज्ञ समापन सम्म करोडौं खर्च लाग्ने अनुमान लगाइएको छ । कोटिहोम आयोजनाबाट खर्च व्यवस्थापनपछि रकम बचत भएको खण्डमा त्यसलाई मामाघर अनाथालय आश्रम, छोरिको घर ज्येष्ठ नागरिक आश्रम तथा मानव सेवा फाउण्डेसनको नाममा अक्षयकोष स्थापना गरी सेवामूलक कार्यहरूमा लगाइनेछ। साथै पोखरा–१७ बिरौटा स्थित श्री सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर, पोखरा–१८ सिमपानी स्थित कैलाशधाम शिवमणि मन्दिर र पोखरा–६ बैदाम स्थित मुक्तेश्वर शिव मन्दिर ९मुक्तिधाम० को धार्मिक संरक्षण, समुन्नयन तथा विकासमा समेत योगदान पुर्याउने उद्देश्य रहेको छ।
कोटिहोम आयोजना धर्मका शाश्वत शिक्षाहरूलाई समाजमा फैलाउँदै सम्पूर्ण मानवता लाभान्वित होस् भन्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। यस आयोजनाको आर्थिक संकलन गर्ने कुनै उद्देश्य छैन। स्वइच्छाले यथाशक्य योगदान गर्न इच्छुक प्रत्येक दानवीरको योगदान सधैं स्वागत छ र उहाँहरुको योगदानलाई पूर्ण सम्मान र स्वागत गरिनेछ । गण्डकी कोटिहोम महायज्ञ कुनै पनि व्यक्तिगत वा संस्थागत स्वार्थबाट प्रेरित नभई, धर्म, सेवा र समाज कल्याणका उच्चतम आदर्शलाई आत्मसात् गर्दै आयोजना गरिएको हो। कोटिहोम महायज्ञको सम्पूर्ण आय–व्यय प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनेछ, जसअन्तर्गत हरेक आर्थिक क्रियाकलाप लेखा परीक्षणसहित सार्वजनिक जानकारीमा ल्याइनेछ ताकि आयोजनामा सहभागी सम्पूर्ण व्यक्तिहरूको आस्था, विश्वास र उत्तरदायित्वप्रति निष्ठा कायम रहोस् ।
। । हार्दिक अपिल । ।
यस ऐतिहासिक कोटिहोम ज्ञान महायज्ञमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त सन्त(महात्मा, विद्वान(विदुषी, प्रसिद्ध कथा व्यासज्यूहरूको मुखारविन्दवाट निःसृत पवित्र मन्त्रोच्चारण र सुमधुर स्वरमा प्रवाहित अमृतमय, सङ्गीतमय, लीलामय श्रीमद्भागवत कथाको अलौकिक दिव्य प्रवचन हुनुका साथै सन्त(महात्माहरूवाट विज्ञान सम्मत अध्यात्म र विज्ञानको समन्वयात्मक दार्शनिक प्रवचनबाट श्रोताहरूले जीवन, जगत र ईश्वरको रहस्य थाहा पाएर धर्म र अध्यात्मको यथार्थ वोध गर्नका साथै ज्ञान गगांमा स्नान गरी भगवानको कृपाबाट प्राप्त यस अमूल्य मानव जीवनलाई कृतार्थ तुल्याउँदै यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी भई अमृत कथाको श्रवण गरी अक्षय पुण्य लाभ गर्नुहुन सम्पूर्ण जनता, जनार्दन, नागरिक समाज, साधु(सज्जन समाजसेवी, बुद्धिजिवि, धर्मानुरागी, भगवत्सज्जनवृन्द, पत्रकार, राजनैतिक, राष्ट्रसेवक एवं सम्पूर्ण युवा शक्ति, जनप्रतिनिधी, मातृ शक्ति र मानव समुदाय तथा श्रद्धालु भक्तजनहरूलाई यस ऐतिहासिक महासत्संकल्प पुरा गर्ने पुनित कार्यमा सहभागी भएर आफ्नो तर्फबाट हुनसक्ने कुनैपनि सहयोग गरिदिनु हुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।
पूज्य आमा बुवालाई गण्डकी कोटिहोमको दिव्य दर्शन गराऔं ।
भक्तिभावमा समर्पित भई
महायज्ञको अलौकिक आनन्दले जीवन धन्य बनाऔं ।