Thursday, February 5, 2026

आजको मिति: २०८२ माघ २२ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

कास्कीमा नेकपाका उम्मेदवारहरु ः मतदाताको सुझाव सुन्दै, मत माग्दै

पोखरा, माघ ।
कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै योजनामा बजेट राखेको स्मरण गर्दै यसपालि आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।‘कास्की १ मा २०६४ र २०६५ मा जस्तै यहाहरुको मत हामीलाई आवश्यक छ,’ उनले भने, ‘व्यवस्था हामीले फेरेका हौँ, हामी पुरानामध्ये नयाँ हौ, नयाँमध्ये पुराना हौँ । नेकपाकै नेतृत्वमा मात्र देशको समृद्धि सम्भव छ ।’ जनताको सरोकारका पूर्वाधार र रोजीरोटीका एजेन्डा उठाएर सधैं जनताकै साथमा रहने वाचा गरे । ‘जित्ने नै हो, जनताको हामीलाई साथ छ । हारे पनि जनताका एजेन्डा पूरा गर्न लाग्छौं ।

कास्की २ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा २१ मा घरदैलो गरेका छन् । पोखरा–२१ बयलीका नेकपाका प्रदेश सदस्य स्व.तुलसी पोखरेलको घरमा पुगेर उनीप्रति श्रद्दाञ्जली अर्पण तथा परिवारमा समवेदना व्यक्त गर्दै घरदैलो शुरु गरेका उनले बक्रेक शाही भञ्ज्याङसम्म घरदैलो गरेका थिए । सो क्रममा स्थानियले नेकपाले ईमान्दार नेतालाई उम्मेदवार बनाएको भन्दै यस पटक जिताउने वाचा गरेका थिए । उम्मेदवार थापा बौद्दिक, ईमान्दारमात्र नभई भिजन र मिसन भएको नेता भएकाले प्रत्यक्षमा एक भोट हाल्ने उनीहरुको वचन थियो । जवाफमा उम्मेदवार थापाले स्थानियले दिएको माया र भोट आफूले जिन्दगीभरी गुनको रुपमा सम्झिरहने बताए । ‘जिते पनि हारे पनि म यस क्षेत्रको विकास र समृद्दिका लागि सदैव लाग्ने वाचा गर्दछु,उनले भने, ‘म हिजो पनि तपाईंहरुको साथमा थिएँ, आज पनि छु र भोलि पनि रहन्छु । म तपाईंहरुको सुख दुःखमा सदैव साथमा रहने वाचा गर्दछु ।’ सो अवसरमा उनले यस क्षेत्रको विकासको खाका आफूसँग रहेको बताए । व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाउँदै उनले जसको एजेन्डामा देशअघि बढेको छ, उसैको नेतृत्व हुनुपर्नेमा जोड दिए । ‘हाम्रो एजेन्डा हो संघीयता, नयाँ संविधान, गणतन्त्र,” उनले भने, ‘हाम्रै नेतृत्वमा मात्र यो व्यवस्था सफल हुन सक्छ ।’ कास्की कसैको गढ भन्ने नरहेको जनाउँदै उनले पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेन्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए ।

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलोमा छन् । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको जनाउँदै समाधानको खाकासमेत भएको जनाए । ‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्छु । शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न नीति निर्माणमा लाग्छु,’ उनले भने ।
कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपाली सहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को सम्पर्क कार्यालय स्थापनासँगै घरदैलो कार्यक्रममा व्यस्त भए । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको र त्यसको समाधानको खाकासमेत भएको जनतालाई सुनाए । उनले भने ‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्न हामीले यसको दिगो व्याबस्थापन सहित बादरको विकल्पका कृषि बालीको समेत खोजि गर्ने अभियानमा लाग्ने छौं । सोहि अनुसारको नीति निर्माण गर्न हाम्रो पहल हुनेछ ।” शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न पनि संघिय सांसदमा आफुहरु जस्ता व्यक्तिलाई जनताको अमुल्य मतले बिजयी गराउने उनले विश्वास व्यक्त गरे ।
त्यसैगरी घर देलो कार्यक्रम अन्र्तगत पोखरा १९ को पुरुञ्चौर क्षेत्रमा समेत टोली पुगेर स्थानियको जनगुनासो सुन्दै घरदैलो कार्यक्रम आयोजन गरिएको नेकपाका नेता कृष्ण गिरीले बताए । घर दैलो कार्यक्रममा हिड्दा जनतामा देखिएको उत्साहले आफुहरु समेत निकै उत्साहित भएको उनले जनाए । त्यसै गरी कास्की क्षेत्र नम्बर ३ को चुनावी प्रचार प्रसार अभियान अन्र्तगत घरदैलो कार्यक्रम बुधबार) पोखरा २२ (पुम्दी भुम्दी) मा हुने भएको छ भने वडाको सम्पर्क कार्यालय समेत स्थापना हुने भएको निर्वाचन परिचालन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist