Thursday, February 5, 2026

आजको मिति: २०८२ माघ २२ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्याण्ड र छोरेपाटन बिजयी

सन्देश श्रेष्ठ पोखरा, माघ ।
प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४० बलमा २३ रन, अनिश थापाले १६ बलमा १५ रन र उज्वल पौडेलले १२ बलमा १५ रनको योगदान दिए । छोरेपाटनलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा कुमुदिनीका लकी गुप्ताले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा सुधिर साहले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

१२४ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको कुमुदिनी होम्स १७.४ ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो । छोरेपाटनका बलरहरु सामु कुमुदिनीका व्याटरहरु निरीह देखिए । कुमुदिनीका लागि विद्वान देवकोटाले ३२ बलमा १२ रन र सञ्जीत कुँवरले १० बलमा ९ रन बनाउनुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । कुमुदिनीलाई सस्तैमा समेट्न छोरेपाटनका अनिश थापाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट तथा किशोर थापाले ४ ओभरमा ११ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा छोरेपाटनका अनिश थापा प्लेयर अफ द म्याच घोषित भए । सोमबारको दोस्रो खेलमा मदरल्याण्ड सेकेण्डरीले जनप्रिय माविलाई ८१ रनले पराजित गर्यो । टस जितेर जनप्रियले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि सक्षम विकले ५९ बलमा २६ रन र सुभम गिरीले २६ बलमा २३ रनको योगदान दिए । मदरल्याण्डलाई ठूलो स्कोर बनाउनबाट रोक्न जनप्रियका सम्राट क्षेत्रीले ४ ओभरमा २० रन खर्चेर २ विकेट तथा कृष्ण ढकालले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हत्याए ।

१३० रनको लक्ष्य पछ्याएको जनप्रियले जवाफी व्याटिङ गर्दै १२.३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्र बनाएपछि पहिलो खेलमै पराजय बेहोर्यो । जनप्रियका सन्देश स्याङ्तानले २२ बलमा ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनसमेत जोड्न सकेनन् । जनप्रियलाई सस्तैमा समेट्ने क्रममा मदरल्याण्डका विलोभ मल्लले २.३ ओभरमा केवल २ रन खर्चेर ५ विकेट तथा भुवन भण्डारीले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । सो खेलमा मदरल्याण्डका ५ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा डायमण्डबिरुद्द बाल मन्दिर र नेपाल भारत मैत्रीबिरुद्द वाराही मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist