Thursday, February 5, 2026

आजको मिति: २०८२ माघ २२ ,बिहीबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

विद्यार्थीहरुलाई स्कुल पोशाक र शैक्षिक सामाग्री सहयोग

पोखरा २२, माघ ।

कालिका बहुमुखी क्याम्पसद्धारा समुदायमा पहुँच वृद्धि कार्यक्रम अन्र्तगत कुनै पनि सस्थाले अन्य कुनै पनि सस्था समक्ष सम्बन्ध कायम गरी एक अर्का वीच समाजिक, आर्थिक र नैतिक सर सहयोगको वारेमा छलफल गरी निचोडमा पुग्ने उद्देश्यका साथ माछापुच्छे गाउँ पालिका वडा नं ९ , सिदीङ्ग , कास्की स्थित श्री सरस्वती आधारभुत विद्यालयका ११५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक र विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरीएको छ । कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतम र माछापुच्छे गाउँ पालिका वडा नं ९का अध्यक्ष हरि बहादुर क्षेत्रीले सयुक्त रुपमा विद्यार्थीहरुलाई पोशाक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर तमाङ्गलाई शैक्षिक सामाग्री हस्तारण गरे ।

कार्यक्रमा अध्यक्ष क्षेत्रीले माछापुच्छे गाउ पालिका भित्र आधारभूत विद्यालयमा सवै भन्दा धेरै विद्यार्थी सख्या रहेको र यो विद्यालय गाउ पालिकाको अति दुर्गममा रहेको बताए उनले विद्यालयको नतिजा उत्कृष्ट रहेको यहाँ अध्यन पुरा गरेका विद्यार्थी अन्य स्कुलमा थप अध्ययन गर्ने जादाँ अव्वल रहको बताए । कालिका बहुमुखी क्याम्पसले विद्यालयसंग सहकार्य गरी विद्यार्थीलाई पढने वातावरण निमार्ण गर्नु र थप प्रोत्साहन गरेकोमा धन्यबाद प्रदान गरे । क्याम्पस प्रमुख बिरन्जी गौतमले माछापुच्छेको शिरमा आई विद्यार्थी, शिक्षक, अभिभावकहरु संग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । उनले वास्तवमा उच्च शिक्षाको जग आफ्नो घरमा बसी गाँऊकै परिवेश अनुसार अध्ययन गरेमा मात्र मजबुत रहने बताए । उनले यस क्षेत्रको सम्भावना भनेको पर्यटन र जडीबुटीलाई बजारीकरण गर्नु हो यसका लागि गाउँ समाज शिक्षित हुनु आवश्यक छ । मर्दी हिमाल टेकिङ्गको मुख्य बाटो रहेको हुँदा यँहाका सरोकारवालाहरुले कसरी पर्यष्टन लाई थप प्रभावकारी बनाउन सकिन्छ, र यहाँको उत्पादनहरु लाई कसरी बजारीकरण गर्न सकिन्छ । यस वारेमा सचेत हुनु पर्ने र यस्का लागि सानो कक्षा देखि नै विद्यार्थीलाई भाई बहिनीहरुलाई त्यस सम्वन्धि आवश्यक शिक्षाको व्यवस्था गनुपर्ने बताए । उनले आगामी दिनहरुमा पनि विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धी बहादुर तामाङ्ग र प्रधानाध्यापक शान्ति तामाङ्गले सहयोगी सस्था प्रति आभार प्रकट गरे । उनीहरुले विद्यार्थी र विद्यालयलाई गरेको सहयोग अविष्मरणीय रहने उल्लेख गरे । कक्षा ७ का विद्यार्थी दिया तामाङ्गले क्याम्पस परीवरलाई धन्यवाद व्यक्त गदै यसले थप प्रेरणा मिलेको बताए । सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने लेखा प्रमुख हुकुमराज थापाले विद्यालय परिबारलाई अवसरको लागि धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रमको संञ्चालन त्यसै विद्यालयका शिक्षक शलिकराम गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist