Thursday, February 5, 2026

आजको मिति: २०८२ माघ २२ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

पुन समाज नेपालले रास्वपालाई सघाउने

पोखरा माघ २२ ।
पुन समाज नेपालले आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सघाउने भएको छ । बिहिबार पोखरामा पुन समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र नम्बर २ बिच समझदारी भएको हा े। आगामि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदश्य निर्वाचनमा पुन समाज नेपालले नेपाल भरि रहेका पुन समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन र एकबद्धता हुन आग्रह समेत गरेको छ । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गर्बुजा पुन,महसचिव चन्द्र प्रकाश पाईजा पुन र रास्वपा कास्की क्षेत्र नम्बर २ का उमेदवार उत्तम पौडेल बिच समझदारी पत्र आदान प्रदान गरिएको थियोे । “पुन समाजजस्तो संगठित र सचेत समुदायले रास्वपालाई सघाउने निर्णय गर्नु परिवर्तनप्रति जनताको भरोसाको प्रमाण हो,” उम्मेदवार पौडेलले भने, “यो समर्थनले कास्की–२ मा स्वच्छ राजनीति र जवाफदेही नेतृत्व स्थापना गर्ने हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ ।”

उनले समुदाय, समाज र नागरिकसँग हातेमालो गर्दै जनताका समस्या संसदमा उठाउने र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, पौडेलले सबै समुदायको विश्वास जित्दै साझा विकास र सुशासनका लागि अघि बढ्ने प्रतिवद्धता दोहो¥याए । यसै बिच उम्मेदवार पौडेलले निरन्तर कास्की क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist