Friday, February 6, 2026

आजको मिति: २०८२ माघ २३ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
डायमण्डमा त्रिदिवसीय वार्षिकोत्सव सुरु
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

प्रतिभा सुपर लिग क्रिकेट ः फाइनल प्रवेशका लागि प्रतिभा र बाल मन्दिर, मदरल्याण्ड र छोरेपाटन भिड्ने

सन्देश श्रेष्ठ पोखरा, माघ २३
प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मदरल्याण्ड सेकेण्डरीले गुरुकुल विद्या सदनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । टस जितेर गुरुकुलले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि शुभम गिरीले ४४ बलमा ३७ रन, अनुराग भण्डारीले १६ बलमा २६ रन र भुवनबहादुर भण्डारीले १४ बलमा १४ रनको योगदान दिए । मदरल्याण्डलाई विशाल लक्ष्य बनाउनबाट रोक्ने क्रममा गुरुकुलका सुदीप सुनारले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चेर ३ विकेट तथा एलन भट्टले ४ ओभरमा १ मेडन फाल्दै ३६ रन खर्चेर ३ विकेट र युवराज घर्ती मगरले २.५ ओभरमा १४ खर्चेर २ विकेट लिए । १२२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको गुरुकुलले ११.१ ओभरमा सबै विकेट गुमाएर ५७ रनमा सिमित भयो । गुरुकुलका लागि विवेक बानियाले २० बलमा २८ रन र देवेन्द्र खड्काले ८ बलमा ६ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । गुरुकुललाई सस्तैमा समेट्न मदरल्याण्डका विलोभ मल्लले ४ ओभरमा केवल १० रन खर्चेर ६ विकेट तथा गौरव, सद्रिस र रमेशले थप १÷१ विकेट लिए । खेलमा मदरल्याण्डका ६ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै, शुक्रबार भएको अर्को खेलमा टप्स माविले कुमुदिनी होम्स माविलाई ४ विकेटले पराजित गर्दै सान्त्वना जित हात पार्यो । सेमीफाइनल पुग्ने बाटो बन्द भएर सान्त्वना जितका लागि मात्र भएको प्रतिष्पर्धामा कुमुदिनी होम्सले टस जितेर पहिले व्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२५ रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण रन बनाउने क्रममा कुमुदिनीका मोहम्मद अलीले ४३ बलमा ३७ रन, लोचन राजवंशीले २० बलमा २० रन र लकी गुप्ताले १० बलमा ११ रनको योगदान दिए । कुमुदिनीलाई दवाबमा राख्न टप्सका जेसिस शाहले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट, अनुज शर्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट र सौरभ तिमिल्सिनाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । १२६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स माविले १७.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । लक्ष्य भेट्टाउने क्रममा टप्सका संयोग तिवारीले १९ बलमा २० रन, अनुज शर्माले ९ बलमै १३ रन र सौरभ तिमिल्सिनाले २३ बलमा १४ रनको योगदान दिए । टप्सको व्याटिङ अर्डर ध्वस्त बनाउने क्रममा कुमुदिनीका लकी गुप्ताले ४ ओभरमा २२ रन खर्चेर २ विकेट, विद्वान देवकोटाले ४ ओभरमा २५ खर्चेर २ विकेट नै लिए । सो खेलमा टप्सका अनुज शर्मा प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist