Saturday, February 7, 2026

आजको मिति: २०८२ माघ २४ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
हिल प्वाईन्ट विद्यालयमा अभिभावक संघ गठन
डायमण्डमा त्रिदिवसीय वार्षिकोत्सव सुरु
Next
Prev

कास्की–१ मा गनेस पौडेलको संवाद यात्रा तीव्र ः टोल–टोलमा उत्साहित जनता, परिवर्तनको अपेक्षा

२४ माघ, पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको ‘स्थानियसँग संवाद यात्रा’ चुनावी अभियानको केन्द्रमा देखिएको छ । कास्की क्षेत्र नम्बर १ पोखरा महानगरपालिका अन्र्तगत वडा नम्बर १३ का टोल–टोल पुगेर जनताको मन बुझ्ने, सुझाव संकलन गर्ने र मत माग्ने क्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । शनिबार बिहान ८ बजे पोखरा–१३ पाटन बेसीमा सम्पर्क कार्यालय उद्घाटन तथा संवाद यात्रा कार्यक्रमबाट अभियान सुरु गरिएको थियो । बिहान १० बजे कञ्चन टोल, दिउँसो १२ बजे शुभकामना टोल र दिउँसो ३ बजे भञ्ज्याङ क्षेत्रमा संवाद कार्यक्रम सम्पन्न भएको थियो । हरेक स्थानमा उम्मेदवार र स्थानीयबीच प्रत्यक्ष कुराकानी, सुझाब संकलन तथा आर्शिवाद ग्रहण गर्ने कार्य भएको कास्की क्षेत्र नम्बर १ का निर्वाचन कमाण्डर श्री कृष्ण न्यौपानेले जनाएका छन ।

संवाद कार्यक्रममा स्थानीयहरूले परिवर्तनको पक्षमा स्पष्ट समर्थन जनाएका छन । पोखरा महानगरपालिका वडा नम्बर १३ का स्थानीय कमला गौतमले भनिन्, ‘हामी महिलाले पनि अब आफ्ना मुद्दा स्पष्ट राख्न थालेका छौं। काम गर्ने र इमान्दार नेतृत्व आए जीवन सहज हुन्छ भन्ने विश्वास छ।’ स्थानीय युवा रमेश बरालले जेन–जी पुस्ताको भावना बुझ्ने नेतृत्व आवश्यक छ। देश बदलिन सक्छ भन्ने आशाले हामी मत दिन उत्साहित भएको बताएका छन । स्थानीय प्रेम चन्द बरालले देश कठिन अवस्थाबाट गुज्रिरहेको छ। अब परिवर्तन चाहने उम्मेदवारलाई नै मत जाहेर गर्ने सुनाए ।उम्मेदवार पौडेलले आफू देशको अवस्था सुधार्ने उद्देश्यले राजनीतिमा आएको बताए। ‘देशको अवस्था कमजोर हुँदा चुप लागेर बस्न सकिएन। युवालाई अवसर, सेवा सहज, र जनताले सम्मानित जीवन जिउन सकून् भन्ने सोचले राजनीतिमा आएको हुँ,’ उनले भने।

उनले जनताको मतलाई आशीर्वादका रूपमा लिने उल्लेख गरे। ‘जनताको विश्वास र मत मेरो लागि आशीर्वाद हो। यहाँ उठेका आवाजलाई योजनामा रूपान्तरण गरेर काम गर्ने प्रतिबद्धता जनाउँछु,’ पौडेलले भने। पौडेलले जेन–जी युवाको ऊर्जा, नयाँ सोच र परिवर्तनको चाहनालाई समेटेर अघि बढ्ने संकल्प पनि व्यक्त गरे। रास्वपा कास्की क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीका अनुसार आइतबार माघ २५ गते पोखरा १४ ॐ शान्ति चोक बाट चाउथे शुभमार्ग, हिमालि टोल, बिरौटामा संवाद यात्रा जारी रहने छ । संवाद यात्राले कास्की–१ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist