पोखरा २४, माघ ।
गण्डकी प्रदेशमा रहेका बिभिन्न जिल्लामा संचालीत मन्टेसरी प्रि. स्कुलहरुका संचालक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भएको छ । भेला पोखरा ९, बास्तोलाथरमा रहेको पोखरा पार्टी प्यालेसमा भएको हो । मन्टेसरी एशोसियसन कास्कीका संस्थापक अध्यक्ष तथा प्रदेश स्तरिय भेला आयोजक समितीका संयोजक अरुना शेरचको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्टेसरी एशोसियसन कास्कीका अध्यक्ष रितु पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन मन्टेसरी एशोसियसन कास्कीका पूर्व सचिव तथा प्रदेश स्तरिय भेला आयोजक समितीका सदस्य कुल प्रसाद सुबेदीले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा गोरखाबाट कल्पना श्रेष्ठ, स्याङ्जाबाट लक्ष्मी थापा मगर, लमजुङ्गबाट बीराटा अधिकारी पौडेल, पर्वतबाट मिलन पौडेल, तनहुँबाट सरिता न्यौपाने गर्तौला, नवलपुरबाट मन्टेसरी गैडाकोटका संयोजक बिष्णु प्रसाद ढकाल र कास्कीबाट मन्टेसरी एशोसियसन कास्कीका निबर्तमान अध्यक्ष भवानी अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका अध्यक्ष शेरचनले संगठनको आवश्यकता र औंचित्य माथी प्रकाश पार्नु भएको थियो ।
भेलाले मन्टेसरी एशोसियसन कास्कीका संस्थापक अध्यक्ष तथा फलबारी मन्टेसरी कटेजका संस्थापक प्रिन्सिपल अरुना शेरचनको अध्यक्ष्तामा नौं सदस्य रहेको तर्दथ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा क, ख, रा मन्टेसरी गैडाकोट नवलपुरका संस्थापक प्रिन्सिपल गायत्री ढकाल, महासचिवमा मेरिल्याण्ड किड्स मन्टेसरी पोखरा १५, मिलनमार्गका संस्थापक कुल प्रसाद सुबेदी, कोषाध्यक्षमा पहीलो पाइला मन्टेसरी दुलेगौडा तनहुँका संस्थापक प्रिन्सिपल सरिता न्यौपाने गर्तौला र सदस्यहरुमा वेस्ट मन्टेसरी गोरखाका संस्थापक प्रिन्सिपल कल्पना श्रेष्ठ, भिजन मन्टेसरी बेशिसहर लमजुङ्ग संस्थापक प्रिन्सिपल बीराटा अधिकारी पौडेल, मोदी मन्टेसरी डिम्बुवा पर्वतका संस्थापक प्रिन्सिपल लक्ष्मी के.सी., लिटल ह्यावेन मन्टेसरी प्रगतीनगर स्याङ्जाका संस्थापक प्रिन्सिपल लक्ष्मी थापा मगर र स्वर्णिम मन्टेसरी गैडाकोट नवलपुरका संस्थापक प्रिन्सिपल सम्झना सापकोटा निर्बिरोध निर्वाचीत हुनुभएको छ ।

निर्वाचीत पदाधिकारी तथा सदस्यहरुलाइ मन्टेसरी एशोसियसन कास्कीका अध्यक्ष शाल्भी मर्सानी र मन्टेसरी एशोसियसन नवलपुरका बेदराज सापकोटाले सफल कार्यकालको शुभकामना दिनुभएको थियो भने मन्टेसरी एशोसियसन कास्कीका अध्यक्ष रितु पौडेलल, जेष्ठ सदस्य प्रेम शुशिल र पूर्व अध्यक्षहरु भवानी अधिकारी र शाल्भी मर्सानीले खादा अबिरले सम्मान गर्नुभएको थियो । निर्वाचीत तर्दथ समिति अध्यक्ष शेरचनले संस्थालाई आधिकारीता प्रदान गर्न र मन्टेसरी स्कुलहरुको गुर्णस्तर सुधार र पेशागत तथा व्यावसायिक हक हितमा लागीपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।













