Monday, February 9, 2026

आजको मिति: २०८२ माघ २६ ,सोमबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
Next
Prev

लक्ष्मी माविमा आमाको स्मृतिमा अक्षयकोष स्थापना

पोखरा, २६ माघ
पोखरा महानगरपालिका वडा नं २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा स्वर्गीय आमाको ४५ औं दिनको पुण्य तिथिमा छोरा विजयेन्द्र पौडेलले रु २ लाख २२ हजार २ सय २२ को शैक्षिक अक्षय कोष स्थापना गरेका छन् । स्वर्गीय आमा दुर्गा देवी पौडेलको स्मृतिमा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरेका हुन् । कोषको ब्याजबाट आउने रकम विद्यालयले विपन्न तथा जेहन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने गरी सहयोग गरिएको हो ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष मधुरा कुमार श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू बीच सोमबार एक कार्यक्रम गरी स्वर्गीय दुर्गादेवी पौडेलका श्रीमान विष्णुप्रसाद पौडेलले छोरा विजयेन्द्र पौडेल, बुहारी पुष्पाञ्जली बराल,छोरीहरू इन्दु अधिकारी, तिर्सना पौडेल र सुस्मिता पौडेल लगायत परिवारसहित चेक रकम हस्तान्तरण गर्नुभएको थियो। स्वर्गीय दुर्गादेवी पौडेल तथा उहाँको परिवारबाट सो विद्यालयको भौतिक तथा शैक्षिक उन्नतिका लागि विभिन्न समयमा सहयोग रहँदै आएको थियो । त्यसैगरी सोमबार नै परिवारको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर २७ साहेलापाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम सेवा समितिमा समेत खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist