Tuesday, February 17, 2026

आजको मिति: २०८२ फाल्गुन ५ ,मंगलवार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
लक्ष्मी माविमा आमाको स्मृतिमा अक्षयकोष स्थापना
Next
Prev

कालिका बहुमुखी क्याम्पस पोखरा–१४ काजिपोखरीमा दोस्रो चरणको मन्टेस्वरी तालिम सम्पन्न

कालिका बहुमुखी क्याम्पस, पोखरा–१४,काजिपोखरी कास्कीमा सञ्चालित दोस्रो चरणको मन्टेसरी तालिम कार्यक्रम औपचारिक समारोहका साथ सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग ९ग्न्ऋ० बाट शैक्षिक गुणस्तर प्रत्यायन (QAA) प्राप्त यस सामुदायिक क्याम्पसको शिक्षा शास्त्र सङ्कायअन्तर्गत अध्ययनरत विद्यार्थीहरूको पेशागत दक्षता अभिवृद्धि तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत तीन महिनासम्म सञ्चालन गरिएको प्रशिक्षण पश्चात् प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उद्घाटन तथा समापन समारोहमा क्याम्पस प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि सह–प्राध्यापक विरन्जी गौतमले क्याम्पसमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण तथा व्यवहारमुखी शिक्षण अभ्यास सुदृढीकरणमा शिक्षा विभागले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले क्याम्पसले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी जीवनोपयोगी सीप, व्यवहारिक ज्ञान र पेशागत दक्षता प्रदान गर्ने उद्देश्यले Non-Credit Course   अन्तर्गत मन्टेस्वरी तालिम कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने तथा भविष्यको व्यावसायिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको धारणा थियो ।

सोही अवसरमा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले आधुनिक प्रतिस्पर्धी शैक्षिक परिवेशमा मन्टेस्वरी शिक्षण विधिको ज्ञान अपरिहार्य रहेको औँल्याउनुभयो । उहाँले व्यवहारिक सिपले विद्यार्थीहरूलाई आत्मनिर्भर, सक्षम र जिम्मेवार बनाउने धारणा व्यक्त गर्दै मन्टेस्वरी पद्धतिका सिद्धान्तहरू वर्तमान प्रविधिमैत्री शिक्षण प्रणालीसँग सान्दर्भिक रहेको बताउनुभयो । क्याम्पसले यस्ता तालिमलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा प्राथमिकता दिएको कुरा स्पष्ट पार्नुभयो । उक्त कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरूले आफ्नै मौलिक संस्कृति र पहिचान झल्कने किसिमका पारम्परिक पोशाकमा सजिएर सहभागिता जनाएका थिए । उनीहरूले आ–आफ्नो समुदायको सांस्कृतिक विशेषता, परम्परा, जीवनशैली तथा ऐतिहासिक पृष्ठभूमिका विषयमा विस्तृत जानकारी प्रस्तुत गर्दै कार्यक्रमलाई जीवन्त र अर्थपूर्ण बनाएका थिए । कार्यक्रमका क्रममा विद्यार्थीहरूले सम्बन्धित जातीय समुदायका मौलिक र परम्परागत खानाका परिकारहरू समेत प्रदर्शनमा राखेका थिए । प्रत्येक समूहले आफ्नो समुदायको सांस्कृतिक पहिचान झल्कने सामग्री, भेषभूषा, सांस्कृतिक प्रतीक, तथा ऐतिहासिक पक्षहरूलाई समेटेर आकर्षक ढङ्गले प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा आठ जातजातिका संस्कृति, परम्परा, रहनसहन तथा विशिष्ट खानाका परिकारहरूको प्रदर्शनी गरिएको थियो । यस कार्यक्रमले विविध जातीय पहिचान, भाषिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन बहुसांस्कृतिक सहअस्तित्व, आपसी सद्भाव र राष्ट्रिय एकताको सन्देश समेत प्रवाह गरेको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रमका सभापति तथा शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीले तालिमको औचित्य, आवश्यकता र दीर्घकालीन महत्वमाथि विस्तृत प्रकाश पार्नुभयो । उहाँले सामुदायिक क्याम्पसहरूमा Non-Credit Course  का रूपमा यस्ता तालिम कार्यक्रम सञ्चालन गर्दा शैक्षिक गुणस्तर अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरुलाई शैद्धान्तिक ज्ञानको साथै व्यावहारिक सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । साथै, शिक्षा विभागले निकट भविष्यमा ‘Research Article Writing’ सम्बन्धी कार्यशाला आयोजना गर्ने योजना रहेको जानकारी गराउँदै विभागीय क्रियाशीलताप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सफल बनाउन क्याम्पस प्रमुख, प्रशिक्षक, शिक्षक, कर्मचारी तथा सहभागी विद्यार्थीहरूप्रति उहाँले हार्दिक आभार प्रकट गर्नुभयो । कार्यक्रमका प्रमुख प्रशिक्षक एवं स्रोत व्यक्ति मेरील्याण्ड किड्स मन्टेसरीका संस्थापक प्रिन्सिपल तथा मेरिल्याण्ड एकेडेमी एण्ड ट्रेनिङ्ग सेन्टरका संचालक सिता तिमिल्सिना सुवेदीले तालिम अवधिभर प्रशिक्षार्थीहरूले मन्टेसरी शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, बाल मनोविज्ञान, स्थानीय स्रोतसामग्रीको उपयोग, शिक्षण प्रविधि तथा व्यवहारिक अभ्यास सम्बन्धी गहन ज्ञान आर्जन गरेको र विद्यार्थीहरु सधैं सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो । साथै क्याम्पसले विद्यार्थीहरूको भविष्यप्रति देखाएको जिम्मेवारी र प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

कार्यक्रमको सञ्चालन शिक्षा विभागका वरिष्ठ उप–प्राध्यापक पुष्पराज तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसका प्रशासन प्रमुख हुकुमराज थापा, विभिन्न विभागीय प्रमुखहरू, प्राध्यापकहरू, कर्मचारी, विद्यार्थी प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस तालिम कार्यक्रमले विद्यार्थीहरूको पेशागत तयारीलाई सुदृढ गर्दै व्यवहारमुखी, सीपकेन्द्रित र गुणस्तरीय शिक्षण–अभ्यास प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको क्याम्पसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist