पोखरा, फाल्गुन ।
‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत एकल गीत प्रतियोगिता सम्पन्न गरियो । यस एकल गीत प्रतियोगितालाई दुई तहमा सञ्चालन गरिएको थियो । करिब ३५ जना विद्यार्थीले भाग लिएको उक्त कार्यक्रममा आधारभूत जुनियर तर्फबाट कक्षा ४ की दिप्सना बि।क। प्रथम, कक्षा २ का एडन गुरुङ द्वितीय, कक्षा १ का श्रेयान सुनार तृतीय र कक्षा २ का सुगम पौडेलले सान्त्वना स्थान प्राप्त गरेका छन् । यसैगरी आधारभूत सिनियरतर्फ कक्षा ७ का श्रीस सुनार प्रथम, सोही कक्षाका सिद्धार्थ बि।क। द्वितीय, कक्षा ५ का युनिका खनाल तृतीय र कक्षा ५ कै सविन बि।क।ले सान्त्वना स्थान ओगटेका छन् ।
उक्त कार्यक्रममा स्कुलका म्युजिक शिक्षक दूतप्रसाद थापामगर र शिक्षक राजु बयलकोटीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । यस कार्यक्रमको सञ्चालन कक्षा ७ की छात्रा सविता सुनारले गरेकी थिइन् ।













