पोखरा, फागुन ।
पोखरा महानगपालिका वडा नं.४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार शुक्रवार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष विद्यालयले वार्षिक कार्यतालिकामा नै समावेश गरेर विद्यार्थीहरूमा सामान्य ज्ञानको दायरा फराकिलो होस् र विद्यालय र विद्यार्थीहरू बिचमा आपसी भाइचाराको सम्बन्ध बढोस् भन्ने मूल उद्देश्य राखेर पोखरामा रहेका विभिन्न विद्यालयहरू बिच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।चौँथो संस्करणको प्रतियोगितामा आयोजक कुमदिनी होम्सका सक्षम गैह्रे, रिवाज लामिछाने र एन्जिला गुरुङको समूहले चौँथो स्थान हासिल गरी नगद तीन हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

शिशु निकेतन माध्यमिक विद्यालयका प्रशान्त ढुङ्गाना, सम्बोध ढक्वा र आयुष्मा पौडेलको समूह तृतीय भएर नगद पाँच हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै ग्लोबल कलिजियट स्कुलका आर्या हमाल, प्रणव मोहन भट्टाराई र अपेक्षा पोख्रेलको समूहले द्वितीय स्थान हासिल गरी नगद दश हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने न्यू मोडेल माध्यमिक विद्यालयका एन्जी पोख्रेल ,प्रमिशा के। सी। र आयुष पोख्रेलको समूह प्रथम भइ नगद पन्ध्र हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रम संयोजक अभिशेक विश्वकर्मा क्वीज मास्टर रहनुभएको कार्यक्रममा शिक्षकहरू सन्तोष ढकाल र भुवन गुरुङको प्राविधिक संयोजन रहेको थियो। पुरस्कार वितरण समारोह विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरको अध्यक्षता सम्पन्न सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक सुरेन्द्र सदिच्छाले गर्नु भएको थियो ।













