पोखरा, ८ चैत ।
पोखरा ७ मासबारमा रहेको मारिया मन्टेश्वरी प्रि स्कुल एन्ड चाइल्ड केयर सेन्टरको ७ औं अभिभावक दिवस, दिक्षान्तसमारोह सम्पन्न भएको छ । बालबालिकाका विभिन्न प्रतिभा प्रस्फुटन, पुरस्कार वितरण सहित कक्षा युकेजीका विधार्थीको दिक्षान्त समारोहर कक्षा ३ का विधार्थीको विदाइ कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै पोखरामहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले शिक्षाको उपलब्धी विद्यार्थीलेल्याउने नतिजाले नभइ बाल प्रतिभाको खोजी गर्दै उनिहरुको इच्छा अनुसारको शिक्षा प्राप्तगर्नु रहेको बताए । मन्टेश्वरी एशोसियशन कास्कीका अध्यक्ष रितुपौडेलले मन्टेश्वरीमा शिक्षित बालबालिकाहरु जुनसुकै विद्यालयमा गए पनि हरेक क्रियाकलापतथा प्रतिस्पर्धामा अब्बल सावित भएको बताइन् । कार्यक्रममा अभिभावकको तर्फबाट रितुपौडेल र लक्ष्मण बराल शान्त, पारिवारिक वातावरण र शिक्षण सिकाइका हरेक दृष्टिकोणलेमारिया अब्बल देखेर नै रोजाइमा परेको बताए ।

मन्टेश्वरीका प्रचार्य मिना सापकोटा बराललेस्कुल ७ वर्षमा आइपुग्दा अभिभावकको मन जित्न सफल भएर नै सफलताका साथ कक्षा ३सम्म को अध्ययपनलाई निरन्तरता दिन सकिएको बताइन । उनले बालबालिकाको शारिरिक,मानसिक एवम समग्र विकासका लागि कला, संगित,नृत्य,खेलकुद संगै आफना भाषा,संस्कार र संस्कृतिलाईपनि ध्यानमा राखेर संस्कृत शिक्षा, मानसिकगणितीय क्षमता, एकाग्रता र स्मरणशक्ति बढाउने प्रभावकारी विधि एवाकस मेन्टल म्याथआफ्नो मन्टेश्वरीले प्रयोगमा ल्याएको बताइन ।
कार्यक्रममा मारिया मन्टेश्वरी र मेट्रो सिटिहस्पिटल विच मन्टेश्वरीका विधार्थी, अभिभावक तथा शिक्षक कर्मचारीलाई स्वस्थ्य परिक्षणमा १०प्रतिशत छुट सहित वार्षिक रुपमा निशुल्क स्वस्थ्य शिविर आयोजना गर्ने सम्झौता पत्रमाहस्ताक्षर गरिएको थियो ।मन्टेश्वरीका अध्यक्ष विष्णुहरि बरालकोअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा स्वागत विद्यार्थीका तर्फबाट जेनिथ तिवारी, शिक्षिकारेश्मा शर्मा र संचालन शिक्षिका चन्द्रा गुरुङले गरेकी थिइन ।














