Monday, April 6, 2026

आजको मिति: २०८२ चैत्र २३ ,सोमबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
रगतको अभाव हुन नदिन जुटे अकलापुरका स्थानीय
Next
Prev

प्रा.गौतम पुनः कालिका बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त

पोखरा—२३, चैत्र ।

पोखरा—१४, काजिपोखरी स्थित नेपालको अग्रणी सामुदायिक शैक्षिक संस्था कालिका बहुमुखी क्याम्पस, पोखराको क्याम्पस प्रमुख पदमा प्रा. बिरन्जी गौतम पुनः नियुक्त हुनुभएको छ । उहाँको पुनः नियुक्तिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा समग्र विकास यात्रामा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । क्याम्पसको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरी क्याम्पस सञ्चालक समिति, समाजसेवी, शिक्षाविद्, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि सहितको समारोहमा उहाँलाई पुनः क्याम्पस प्रमुखमा पदस्थापन गरिएको छ । समुदायस्तरबाट स्थापित भई गुणस्तर प्रत्यायन (QAA) प्राप्त गरिसकेको कालिका बहुमुखी क्याम्पसलाई यस उचाइमा पु¥याउन प्रा. गौतमको नेतृत्व निर्णायक रहँदै आएको छ । उहाँले यसअघि क्याम्पस प्रमुखका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै क्याम्पसलाई शैक्षिक उत्कृष्टताको मार्गमा अघि बढाउन उल्लेखनीय योगदान दिनुभएको थियो ।

प्रा. गौतम एक मेहनती, समर्पित, दूरदर्शी तथा बहुआयामिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा दुई कार्यकाल (४÷४ वर्ष) क्याम्पस प्रमुखका रूपमा सफल नेतृत्व प्रदान गर्नुभएको थियो । त्यसैगरी, कालिका बहुमुखी क्याम्पसमा अघिल्लो कार्यकालको कुशल नेतृत्व गर्दै उहाँले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन तथा समग्र संस्थागत विकासमा उल्लेखनीय परिवर्तन ल्याउनुभएको थियो । विशेषतः, उहाँकै नेतृत्वमा कालिका बहुमुखी क्याम्पसले QAA प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो, जुन क्याम्पसको इतिहासमा एक महत्वपूर्ण र अपरिहार्य उपलब्धि मानिन्छ । उहाँले गुणस्तर सुधार, अनुसन्धानमुखी शिक्षा, शिक्षक–विद्यार्थी सशक्तीकरण तथा संस्थागत सुशासनमा विशेष जोड दिँदै क्याम्पसलाई उत्कृष्टताको दिशामा उन्मुख गराउनुभएको छ ।

शिक्षा क्षेत्रमा मात्र नभई अनुसन्धानका क्षेत्रमा पनि प्रा. गौतम सक्रिय रहँदै आउनुभएको छ । उहाँद्वारा प्रकाशित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा थुप्रै अनुसन्धानमूलक लेखहरू प्रकाशित भएका छन् । उहाँको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्न पुरस्कारहरू प्रदान गरिएको छ । सन् २०२५ मा लन्डनस्थित ग्रीनविच विश्वविद्यालयद्वारा “बेस्ट क्याम्पस प्रमुख अवार्ड” तथा सन् २०२२ मा दुबईस्थित कलेज रिडर्सद्वारा सोही शीर्षकको सम्मान प्राप्त गर्नु उहाँको नेतृत्व क्षमताको प्रमाण हो । त्यसैगरी, उहाँले जनप्रिय तथा कालिका बहुमुखी क्याम्पसमा IQAC (Internal Quality Assurance Cell) प्रमुखका रूपमा समेत प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत जनप्रिय बहुमुखी क्याम्पसमा स्वायत्त कार्यक्रमको रूपमा सञ्चालन हुँदै आइरहेको “Bachelor of Mountaineering Tourism Management” कार्यक्रमको पाठ्यक्रम विकास गरी आफ्नै नेतृत्वमा उक्त कार्यक्रम जनप्रिय बहुमुखी क्याम्पसमा सञ्चालन गरी महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

प्रा. गौतम केवल एक प्रशासक मात्र नभई एक कुशल शिक्षाविद्, समाजसेवी, प्रेरणादायी व्यक्तित्व तथा आत्मप्रेरित नेतृत्वकर्ता पनि हुनुहुन्छ । उहाँले आफ्नो कार्यशैली, अनुशासन, दूरदृष्टि र समर्पणद्वारा सहकर्मी, विद्यार्थी तथा सम्पूर्ण शैक्षिक समुदायलाई निरन्तर प्रेरित गर्दै आउनुभएको छ । समाजसेवाका विभिन्न क्षेत्रमा उहाँको सक्रिय संलग्नता र योगदानले उहाँलाई एक जिम्मेवार सामाजिक अभियन्ताका रूपमा समेत स्थापित गरेको छ । उहाँको पुनः नियुक्तिसँगै कालिका बहुमुखी क्याम्पसले शैक्षिक उत्कृष्टता, गुणस्तरीय शिक्षा, अनुसन्धान प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा थप नयाँ उपलब्धिहरू हासिल गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist