पोखरा, २३ चैत ।
दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दलामी, क्रिकेटका विपिन खत्री र मुवाथाई, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् ।खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड खेल क्षेत्रका उत्कृष्ट प्रदर्शनका आधारमा चयन गरिएको मञ्चका उपाध्यक्ष राजाराम पौडेलले बताए । दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । पाँच उत्कृष्ट खेलाडीबीच हुने प्रतिस्पर्धामा अनलाइन भोटिङमार्फत विजेता छनोट गरिनेछ।
पोखरा स्पोर्टस अवार्ड २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ । दशौं संस्करणअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेताले टीभीएस एनटर्क स्कुटर पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। उक्त पुरस्कारको प्रायोजन पोखरास्थित गुरुङ गहना घर प्रालिले गरेको छ ।













