Tuesday, April 7, 2026

आजको मिति: २०८२ चैत्र २४ ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
रगतको अभाव हुन नदिन जुटे अकलापुरका स्थानीय
Next
Prev

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने

चैत २४, पोखरा ।
यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ । प्रतियोगिता विशेषगरी डर्ट बाइक ९अफ–रोड मोटरसाइकल० प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका सोमबार आयोजित पत्रकार सम्मेलनमा च्याम्पियससिपका रेस डाइरेक्टर तथा एड्भेन्चर स्पोर्टस् हब नेपालका डिरेक्टर जगत धोलीले जानकारी दिए ।

उनका अनुसार हालसम्म करिब ९० प्रतिशत तयारी सकिएको र प्रतियोगिताको अभ्यास तथा ट्रयाक परीक्षणका लागि चैत २ गतेदेखि नै खेलाडीहरूका लागि ट्रयाक खुला गरिएको छ । अहिले उक्त ट्रयाकमा राइडरहरुले दिनहु अभ्यास गरिरहेका आयोजकले जनाएको छ । मध्यपूर्व द्वन्द्वले गर्दा अन्य देशका खेलाडी आउन कठिनाई र प्रतिकुल परिस्थितिका कारण अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागि संख्यामा भने कमी आएको स्वीर्काछन् स्थानीय आयोजक समेत रहेका नील गगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेल । प्रेस विज्ञप्ती बाचन गर्दै पौडेलले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको र यस प्रकारको खेलले नेपालमा एड्भेन्चर स्पोर्टस्को विकास, खेलकुदको प्रवद्र्धन तथा स्पोर्टस् टुरिजमलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा च्याम्पियनसिपको ट्रफि समेत सार्वजनिक गरिएको छ । नासा गण्डकीका अध्यक्ष सिव श्रेष्ठेले ट्रफि सार्वजनिक गरे ।

प्रतियोगिता ४।८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख खर्च हुने अनुमान गरिएको छभने मुख्य प्रायोजकमा एक्सट्रीम इनर्जी ड्रिंक रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ । विशेषगरी पोखरालाई एड्भेन्चर स्पोर्टस् र खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist