Monday, April 13, 2026

आजको मिति: २०८२ चैत्र ३० ,सोमबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
२१औं फेवा नव बर्ष महोत्सव सुरु
कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला
अमेरिका र इरानबीच युद्ध रोक्ने सहमती
पोखरामा महिला गोल्डकप आयोजना हुने
Next
Prev

विन्ध्येश्वरी आदर्श स्कुलको ४१ औं वार्षिकोत्सव सम्पन्न, पत्रकार, शिक्षक, कर्मचारी र पुर्व विद्यार्थी सम्मानित

पोखरा, चैत्र ।
पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोडि स्कुलले बिभिन्न कार्यक्रम गरी ४१ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा विद्यालयले पोखरामा रही शिक्षा पत्रकारिताको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको छ । दुई दशक देखि पोखरामा रही पत्रकारितामा क्रियाशिल पौडेल सहित सोही विद्यालयमा अध्ययन गरी एमविविएसमा पुर्ण छात्रवृति प्राप्त गर्न सफल कृषा श्रेष्ठ, ईन्जिनियरिङमा छात्रवृति प्राप्त गरेका प्रसिद्ध पराजुली, बिडिएस तर्फ छात्रवृति पाएका शिव हमाललाई कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नंं. १ का वडाध्यक्ष सहारा प्रधान, पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, विद्यालयका संस्थापक शम्भुलाल कार्की, विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले नगद,सम्मान पत्र, मायाको चिनोसहित दोशल्ला प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा दीर्घ सेवा सम्मानबाट विद्यालयका सह प्राचार्य निलकण्ठ पौडेल, शिक्षक राजु बयलकोटी, योगेश कार्की, हिरा थापा, पुस्तकालय इन्चार्ज शान्ती राना र कर्मचारी राजाराम सापकोटा पनि सम्मानित भए । कार्यक्रममा बिभिन्न शैक्षिक तहमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई ट्रफी, मेडल प्रदान गरिएको विद्यालय संयोजक माया क्षेत्रीले जानकारी दिईन् । यसअघि कार्यक्रमको उद्घाटन गदै वडाध्यक्ष सहारा प्रधानले विद्यालयको एकल प्रयासबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने बताए । उनले विद्यार्थीको शारिरीक तथा मानसिक विकासमा पढाईका अलावा शैक्षिक क्रियाकलाप आवश्यक रहेको बताए । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीको शैक्षिक तथा मानसिक विकासका लागि बिभिन्न क्रियाकलापलाई जोड दिईएको बताए । उनले विषम परिस्थितीमा पनि अभिभावकलाई कुनै भार नपर्ने गरी शैक्षिक कार्य योजना तयार गरिएको स्पष्ट पारे ।

विद्यालयका संस्थापक शम्भुलाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी,वडा सदस्य जुमकाजी गुरुङ, प्रशिक्षक भक्तराज रसाईली, माईन्ड टेकका प्राञ्जल, सिंहनाथ टोल विकास संस्थाका राजेन्द्र बहादुर प्रधान,मनकामना गुठीका पुर्णबहादुर श्रेष्ठ, महिला उद्यमी सविता श्रेष्ठ रञ्जित लगायतले निजी शिक्षाका क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रसंशा गरेका थिए । कार्यक्रममा विद्यालयले त्रैमासिक पत्रिका विन्ध्येश्वरी बाल बगैंचाको पनि सार्वजनिक गरेको छ । विद्यार्थी अंशु भुजेलले स्वागत गरेको कार्यक्रमको संचालन विद्यालय संयोजक माया क्षेत्रीले गरेकी थिईन् । सो अवसरमा विद्यार्थीले बिभिन्न नृत्य तथा सांगितिक प्रस्तुतिहरु राखेका थिए भने विद्यार्थीले तयार गरेका बिभिन्न शैक्षिक तथा अतिरिक्त सामाग्रीको प्रदर्शनी पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist