Monday, April 13, 2026

आजको मिति: २०८२ चैत्र ३० ,सोमबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
२१औं फेवा नव बर्ष महोत्सव सुरु
कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला
अमेरिका र इरानबीच युद्ध रोक्ने सहमती
पोखरामा महिला गोल्डकप आयोजना हुने
Next
Prev

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

काठमाडौं, चैत्र ।
जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले उक्त प्रतिवेदनलाई “अपूर्ण, चयनात्मक र राजनीतिक प्रभावमा परेको दस्तावेज” भन्दै सम्पूर्ण घटनाक्रमको निष्पक्ष र स्वतन्त्र पुनःछानबिनको माग गरेको हो। मुभमेन्टले जारी गरेको प्रेस वक्तव्यअनुसार राज्यका तर्फबाट औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने प्रतिवेदन चुवावट भएर मिडियामार्फत बाहिरिएपछि मात्र सार्वजनिक गर्नु सरकारको संस्थागत कमजोरी, गैरजिम्मेवारी तथा पारदर्शितामाथिको गम्भीर प्रश्न भएको जनाएको छ।

वक्तव्यमा भाद्र २३ गते राज्य पक्षबाट भएको दमनबारे कारबाहीको विषय समेटिनु आवश्यक भए पनि भाद्र २४ गते भएका जेल तोडफोड, आगजनी, लुटपाट तथा अराजक गतिविधिहरूको समुचित छानबिन नभएको भन्दै प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ। “यसले सत्यलाई आंशिक बनाउँदै विधिको शासन र राष्ट्रिय सार्वभौमसत्तामाथिको आक्रमणलाई कमजोर रूपमा प्रस्तुत गरेको देखिन्छ,” वक्तव्यमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist