Monday, April 13, 2026

आजको मिति: २०८२ चैत्र ३० ,सोमबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
२१औं फेवा नव बर्ष महोत्सव सुरु
कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला
अमेरिका र इरानबीच युद्ध रोक्ने सहमती
Next
Prev

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दै बढ्दै ५० लाख बढीको कारोवार

पोखरा, २९ चैत ।
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो। दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ । त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु।३५ मा आलुको कारोवार भएको छ।

आइतबारसम्म रु। ८ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए ।उनले हालसम्म सबैभन्दा बढी ६० केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए। सामान्यतथा २० देखि ३० केजी किन्नेसम्म ग्राहक धेरै छन् ।कास्कीका छिमेकी पालिका लगायत पर्वत, बाग्लुङ, तनहुँ, स्याङजाबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाई छ। हेमजाको आलु मिठो छ, चाँडो पनि पाक्छ, बजारियाँको तुलनामा स्वास्थ्यकर पनि भएकाले आफूहरु आलु खरिदकै लागि आएको आइतबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ भिमादकी सुनिता श्रेष्ठले बताइन्।

महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री, झलकमान् सारङगी पाठशाला लगायतले प्रस्तुति राखे।त्यस्तै सोमबार एन्जिला रेग्मी, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, राजेन्द्र गुन्दु्रके, मनोज गोर्खाली लगायतका प्रस्तुति रहने उल्लेख छ ।त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली लगायतका व्याण्डका प्रस्तुतिहरु रहनेछन्।महोत्सवमा आइतबारबाट रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ।

महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्। आइतबारसम्ममा २५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठ जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist