Tuesday, March 24, 2026

आजको मिति: २०८२ चैत्र १० ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पोखरेली कवि तथा साहित्यकार भिमादमा
Next
Prev

जनताको घरदैलोमा एसबी थापा

तनहुँ–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका सोमबहादुर थापा (एसबी) जनताको घरदैलोमा पुगिरहेका छन् । जनताको सुझाव संकलन, गुनासा सुन्न र मत माग्दै उनी घरदैलो गरिरहेका हुन् । मंगलबार उनी म्याग्दे गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासँग साक्षत्कार गरे । म्याग्देको थर्पु बजारबाट सुरु भएको उनको घरदैलो घुम्ती, मिजेथुम, भावर, माझीलाङका वस्तीमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरे । मिलीजुली सामुदायीक वनका उपभोक्तासँगै वनमै साक्षत्कार गर्दै आफ्ना योजना सुनाएर मत मागे । मंगलबार विहान थर्पु बजारमा निर्वाचन सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको छ । कार्यालय उद्घाटनमा बोल्दै उम्मेदवार थापाले जेन–जी र जेन–जी इतर दुवैको माग सम्बोधन गर्न सक्ने उम्मेदवार भएकाले जनताले मत दिने बताए । भूगोल र जनताको मुद्वा सम्बोधन गर्नलाई जनताले संसदनमा पठाउने उनको भनाइ छ ।

‘भूगोल चिनेको, जनताको मुद्वाको बुझेको व्यक्ति हुँ । अहिलेका सबै उम्मेदवारलाई पनि मेरो सम्मान छ । उहाँहरुको एजेन्डालाई समेत लिएर काम गर्ने हो’, उनले भने । शुसासन, पारदर्शिता र इमानदारिताको सवालमा आफू कहिल्यै नचुक्ने उनले बताए । पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणालीको सवालमा नेपाली कम्युनिस्ट पार्टी निरन्तर लागेको उनको भनाइ छ । मंगलबार साँझ उम्मेदवार थापाको सम्पर्क कार्यालय म्याग्देको जामुने बजारमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आशा कोइरालाले स्थानीय उम्मेदवारले स्थानीय मुद्वा शसक्त ढंगले उठाउन सक्ने बताइन् । घरदैलोमा जनताले दिएको प्रतिक्रियाले जित निश्चित भएको उनले सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist