Friday, February 6, 2026

आजको मिति: २०८२ माघ २३ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

नेकपा कास्की उम्मेदवार भन्छन् जनताको उत्साहजनक साथ छ

पोखरा, माघ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कास्कीमा तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफूहरुले जनतको उत्साहजनक साथ पाएको जनाएका छन् । आ–आफ्नो क्षेत्रमा भेटभाट, घरदैलोमा व्यस्त उनीहरुले यस्तो बताएका हुन् । कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण)ले जनताको भरोसा नेपाली कम्युनिष्ट पार्टी र आफूहरुमा रहेको पाएको बताए । उनले जनताले घरदैलो र टोलमा उत्साहजनक रुपमा स्वगत गर्दै अपेक्षा प्रकट गरिरहेको जानकारी दिए । ‘जनतामा हाम्रो पार्टी र हामीप्रति भरोसा छ । यो भरोसालाई कायम राख्दै उहाँरुको सुखदुःखमा सहभागी हुन्छौं’, उनले भने । कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा‘आमोद’ले कास्कीमा कसैको गढ भन्ने नरहेको बताए । पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेज्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए । उनले भने, ‘कास्कीमा कसैको गढ भन्ने छैन, पुराना भनिएका गढहरु भत्किएका छन् । जनताले संविधानको रक्षा गर्ने र राष्ट्रको समृद्धिका लागि एजेज्डा भएको दल खोजेका छन् । त्यो भनेको नेकपा नै हो ।’

कास्की क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार गोपाल गिरीले जनताले आफूहरुको सेवा गर्ने उत्कृष्ट विचार भएको दल र उम्मेदवार खोजेको बताए । त्यसका लागि भरोसायोग्य पार्टीका रुपमा नेपाली कम्युनिष्ट पार्टी र पात्रको रुपमा त्यसका उम्मेदवारलाई विश्वास गर्ने उल्लेख गरे । ‘जनताले उत्कृष्ट विचार भएको दल खोजेका छन् ।’ कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलो कार्यक्रम छ । कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार किरण थापा ‘आमोद’, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यसहितका नेता, कार्यकर्ता पोखरा महानगरको वडा नम्बर २१ मा घरदैलोमा छन् । यसैगरी कास्की क्षेत्र नम्बर १ मा नेकपाका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङ (करण), समानुपातिक उम्मेदवारहरु दिलु पन्त र सोमति गुरुङसहित नेता, कार्यकर्ता मादीको वडा नम्बर ९ मा घरदैलोमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist