Thursday, February 5, 2026

आजको मिति: २०८२ माघ २२ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

कास्की–१ का रास्वपा उम्मेदवार गनेस पौडेलको “स्थानिय संवाद यात्रा” जारी

माघ, पोखरा ।
प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट र सुझाव संकलनलाई तीव्रता दिएका छन्। सोमबार उनले पोखरा महानगरपालिका वडा नम्बर १४ को इन्द्रमार्ग, वडा नम्बर २६ को भवानी टोल तथा वडा नम्बर ३० र ३१ अन्तर्गत मोहोरियाका स्थानियसँग संवाद गरेका छन । भेटघाटका क्रममा स्थानियले ठूला भाषणभन्दा काम चाहिएको बताए । युवाहरू विदेशिनु पर्ने बाध्यता घट्ने वातावरण बनोस् भन्ने अपेक्षा व्यक्त गरे । संवादका क्रममा धेरै स्थानियले उम्मेदवार पौडेललाई जितको शुभकामना समेत दिएका थिए।

रास्वपा कास्की १ का उम्मेदवार गनेस पौडेलले स्थानियसँगको संवादलाई आफ्नो अभियानको मुख्य आधार बनाएको बताए। “हामी भाषण भन्दा जनताको आवाज सुन्ने र सोही बमोजिम काम गर्ने राजनीतिमा विश्वास गर्छौं। यहाँ उठेका समस्या यी सबै हाम्रो प्राथमिकतामा छन्। जनताले भनेका कुरा नै हाम्रो बाचापत्रको आधार बन्छ,” उनले भने। उनले पारदर्शिता, जवाफदेहिता र स्थानिय आवश्यकताअनुसार विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। यसैबीच, सोमबार नै उम्मेदवार पौडेलले रुपा गाउँपालिकाको देउराली फेदी, पोल्याङ, टाकान्जा र फैचोक क्षेत्रमा पनि जनतासँग सुझाव संकलन गरेका थिए। रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार ग्रामीण क्षेत्रका नागरिकले कृषि, सडक पहुँच र बजार व्यवस्थापनका विषयमा जोड दिएका थिए।

त्यस्तै, “स्थानिय संवाद यात्रा” मंगलबार पनि जारी रहने जनाइएको छ। निर्वाचन संयोजक श्रवण जमरकट्टेलका अनुसार मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १४ को बिजयबस्ती, वडा नम्बर २८ का माझठाना, सौर्य, रैकर, स्याङखुदी र खरानेफाँट क्षेत्रमा कार्यक्रम तय गरिएको छ। ास्वपाले यो अभियानमार्फत घरदैलो र प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै मतदाताको विश्वास जित्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist