Thursday, February 5, 2026

आजको मिति: २०८२ माघ २२ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पुन समाज नेपालले रास्वपालाई सघाउने
Next
Prev

उम्मेदवारलाई मतदाताको आग्रहः देशमै बस्ने वातावरण बनाइदिनुस्

पोखरा, माघ ।
बेरोजगारी, भ्रष्टाचार र अराजकताका कारण गाउँ, सहर युवाविहीन हुँदै गएको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् । पोखरा–२२, पुम्दीभुम्दीमा मत माग्न पुगेका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउने अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरीसँग उनीहरुले पुराना दलहरुको मनोमानी र जोरजबर्जस्तीले जेनजी आन्दोलन भएको जनाउँदै अबको यात्राको नेतृत्व गर्नसक्नेलाई छान्ने बताएका थिए । उम्मेदवार गिरीले देशमा बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘सुशासन र विकासको माध्यमबाट युवालाई नेपालमै बस्ने वातावरण मिलाउँछौं ।’ मतदाताले विजयी भएपछि फेरि अर्काे चुनावमा आउने प्रवृत्ति बदल्न आग्रहसमेत गरेका थिए ।

पोखरा–२२ खाल्सेमाका स्थानीयले गाउँमा बाँदर आतंकले बालीनाली लगाउने अवस्था नरहेको सुनाए । उम्मेदवार गिरीले बाँदर नियन्त्रण लागि पनि आफूसँग योजना रहेको भन्दै सो योजना कार्यान्वयनका लागि पहलकदमी लिने वाचा गरे । बुधबारै कास्की क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार राजकाजी गुरुङले घरदैलो र भेटघाट जारी राखे । नेकपाले पोखरा–२६ मा सम्पर्क कार्यालय स्थापना गर्ने गरेको छ भने घरदैलो र भेटघाटलाई पनि निरन्तरता दिइरहेको चुनावी कमान्डर सोमती गुरुङले जानकारी दिईन् । कास्की २ का उम्मेदवार किरण थापा (आमोद) बुधबार पनि घरदैलो कार्यक्रममा व्यस्त भए । पोखरा–२०, भलामको ठकुरी टोल, भलाम एरिया, डाँडागाउँ, भण्डारीथर हँुदै वडा कार्यालयसम्मको क्षेत्रमा घरदैलोमा उनले स्थानीयका सुझावसमेत संकलन गरेका छन् । जनताको सुझाव अनुसार नै विकासको खाका बनाउने योजना अन्तर्गत सुझाव संकलन गरेको सो क्षेत्रका चुनावी कमान्डर खड्क हमालले जानकारी दिए ।

सो अवसरमा स्थानीयले महानगरमा भए पनि पोखरा–२० विकासको मामलामा बत्तिमुनिको अँधेरोमा परेको गुनासो गरे । मूलबाटो पिच भएको तर घर जानेबाटोचाहिं जोखिमपूर्ण रहेको भन्दै लक्ष्मी सुनारले भनिन्, ‘कतिबेला दुर्घटना हुने हो भन्ने पीर हुन्छ । हामी त पोखरामा भएर पनि विकासमा पछि परेको कर्णालीजस्तो भयौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist