पोखरा, माघ ।
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा तृतीय त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशनको साथमा विविध कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा परीक्षाफल प्रकाशन गर्नुका साथै विज्ञान तथा सामाजिक विषयसँग सम्बन्धित परियोजना कार्यको प्रतियोगिता र फुड फेस्टिबल जस्ता कार्यक्रम पनि गरिएको थियो । विद्यार्थीहरुद्वारा गरिएको यस कार्यक्रममा जुनियरतर्फबाट कक्षा ६ का प्रविन कायतको समूह प्रथम, कक्षा ५ का एलेक्स रसाइलीको समूह द्वितीय र कक्षा ४ का अंकित मन्नाको समूह तृतीय भएका थियो । यसैगरी सिनियरतर्फबाट कक्षा ८ की उपासना रेग्मीको समूह प्रथम, कक्षा ९ की प्रिस्किला तामाङको समूह द्वितीय र कक्षा ७ का पेरिस पौडेलको समूह तृतीय भएका थियो । उक्त प्रतियोगिताको निणार्यक मण्डलको भूमिकामा अतिरिक्त कियाकलाप प्रमुख राजु बयलकोटी तथा प्राचार्य कृष्णकुमार श्रेष्ठ रहनु भएको थियो ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सहायक प्राचार्य निलकण्ठ पौडेलले शैक्षिक तथा विभिन्न क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै हार्दिक बधाई ज्ञापन गर्नु भएको थियो । उक्त अवसरमा विद्यालयबाट प्रकाशन हुने त्रैमासिक पत्रिका विन्ध्येश्वरी बाल बगैंचाको विमोचन तथा वितरण गरिएको थियो ।













