Tuesday, February 10, 2026

आजको मिति: २०८२ माघ २७ ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
Next
Prev

एमाले पोखरा ७ को निर्बाचन कार्यालय शुभारम्भ

पोखरा, २६ माघ ।
पोखरा महानगर पालिका वडा न सातका स्थानिय जेन्जी युबाहरूले उम्मेदवार रश्मि आचार्यलाई मतदान नै गरेर नेकपा एमाले पोखरा सातको निर्बाचन कार्यालय शुभारम्भ गरेका छन्। उनिहरूले जेन्जी पुस्ताको भावना र आशा मुताबिकको भरोषा र योजना सहितको आफुहरूको रोजाइको उम्मेदवार पाएकोमा खुशी ब्यक्त गर्दै मतदान नै गरेर सो वडाको निर्वाचन अभियान शुभारम्भ भएको घोषणा गरेका हुन। स्थानिय सुकर्ण पौडेल ,सुक्रान्त पौडेल , परिबेश रेग्मी सहित दर्जनौंको संख्यामा कार्यक्रममा पुगेका युबाहरूले बिगतका योजना र कामको मुल्यांकन तथा अपुरा काम पूरा गर्दै नयाँ नीति र पुराना अव्यवस्थित नीति ब्यबस्थित बनाउन उम्मेदवार आचार्यलाई सुझाव समेत दिएका छ। सो अबसरमा देशको नयाँ पुस्ताको चाहना बुझेको युग्को माग सम्बोधन रश्मि आचार्यले नै गर्ने भन्दै सबै युबाहरू आचार्यलाई बिजयी गराउन प्रतिबद्धताका साथ लाग्ने उल्लेख गरे।

कार्यक्रममा ने क पा ९ एमाले ० कास्की क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले पोखराको सहरी इलाका र ग्रामीण क्षेत्रको घनिष्ट सम्बन्ध निर्माण र पर्यटन बिकासका लागि आफुलेू लिङ्क पोखराूअभियानको परिकल्पना गरेको बताएका छन । लिङ्क पोखरा मास्टर प्लान हुनेछ ,पोखराको ग्रामीण इलाका र शहरी ईलाका बिचमा स्थानिय र पर्यटकहरूको आबत जाबत घनिभुत बनाउन उक्त योजना महत्त्वपूर्ण हुने साथै त्यसका लागि संघ ,प्रदेश र स्थानिय तहहरूसंगको सहकार्यमा पर्यटकको बसाइ अबधि लम्ब्याउन सकिने उनको भनाइ थियो। पर्यटनको राजधानी पोखरा लाई अब धेरै भन्दा धेरै पर्यटक आउने शहर बनाउनेतर्फ आफू केन्द्रित हुने भन्दै उम्मेदवार आचार्यले पोखराको समृद्धिमा महत्त्वपूर्ण हुने उल्लेख गरे।

मर्यादित र ब्यबहारिक शिक्षा अबको कार्यनीति हुने भन्दै युबा लक्षित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने आचार्यले उल्लेख गरे। कार्यक्रममा एमालेका पूर्ब पोलिट्ब्यूरो सदस्य सीता गिरि ओलिले जनताको रोजाइको र आन्दोलन ,शिक्षा ,बौद्धिकता र इमानदारीता सबै तिरबाट योग्य उम्मेदवार कास्की क्षेत्र न दुइका जनताको रोजाइ हुने उल्लेख गर्दै युबाहरूको तिब्र र ब्यबस्थित बिकासको एजेण्डा कार्यान्वयनमा रश्मि अब्बल उम्मेदवार भएको उल्लेख गरिन। एमाले पोखरा सातका अध्यक्ष अनिल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दिपक जंग कार्की र संचालन सचिब अर्जुन थापाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist