Monday, February 9, 2026

आजको मिति: २०८२ माघ २६ ,सोमबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
Next
Prev

मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने

पोखरा, माघ २६ ।
पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने भएका छन । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय हुने उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि हँुदैछन । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार पाँचदिनसम्म संचालन हुने उक्त सभा आइतबारदेखि सुरु हुँदैछ । विद्यालयका प्राचार्य डा. नारायण बरालको नेतृत्वमा विद्यार्थी र शिक्षक सहितको टोली अमेरिका गएको आचार्यले जानकारी दिए । आचार्यका अनुसार संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना हुने यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र छनोटमा परेको हो । सहभागि विद्यार्थीले उक्त सभामा विभिन्न विषयमा छलफल र बहस गर्नेछन ।

मदरल्याण्डको यो पहिलो सहभागिता हो । ‘संयुक्त राष्ट्रसंघको नमूना सभाको शैलीमा विद्यालयमै पनि अभ्यास हुने गरेको छ । योपटक विद्यार्थी आफै सहभागिता जनाउन पाएका छन । विद्यार्थीका लागि यो निकै नै महत्वपूर्ण अवसर हो,’ उनले भने, ‘यसले विद्यार्थीमा नयाँ सिकाई थपिनेछ ।’ उनका अनुसार विद्यालयमा नमूना अभ्यास गरेर विद्यार्थीहरु छनोट गरिएको थियो । प्राचार्य बराल सहित शिक्षक बामनकुमार घिमिरे र विद्यार्थीहरु कृपा बराल, अभिक कर्ण, एल्भिना बराल, निजोल पौडेल, बिबेश बराल र दिव्या पराजुली यो सभामा सहभागि हुनेछन । पाँचदिनको उक्त कार्यक्रममा विभिन्न ५० वटा मुलुकका २ हजार जति विद्यालयका विद्यार्थी सहभागि हुँदैछन ।

विद्यालयका प्राचार्य डा। नारायण बरालले सम्मेलनका सहभागीले संयुक्त राष्ट्रसंघको कार्य प्रणालीसँग परिचित हुन, विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्न अवसर पाउने बताए । युवामा नेतृत्व विकास, कूटनीतिक बहस, लेखन, बौद्धिक विश्लेषणजस्ता क्षमता अभिवृद्धिबारे सीप आदान–प्रदान गर्नका लागि यो सहभागिता र सम्मेलन फलदायी हुने उनको भनाई छ । विभिन्न कमिटिमा विभाजित भएर संचालन हुने उक्त प्रतिश्पर्धात्मक सभामा विद्यालयकी छात्रा कृपा बरालले समेत मन्तव्य दिनेगरि छनोटमा परेको आचार्यले जानकारी दिए । ‘यो सभामा सहभागि भएका विद्यार्थीले सानै उमेरदेखि तार्किक एवं तथ्यपरक छलफल गर्ने, विश्वव्यापी घटनाक्रमको गहन जानकारी पाउने मात्र नभई विश्वका विभिन्न ठाउँबाट आएका आफ्नै उमेर समूहका साथीहरुबीच सम्बन्ध स्थापित गर्न पनि पाउनेछन,’ उनले भने, ‘विद्यार्थीका लागि गतिलो मौका पनि हो । यत्तिको अवसर सबैले पाउँदैनन ।’ पाँचदिनको कार्यक्रमपछि यो समहूले न्यूयोर्कका विभिन्न ठाउँ, विश्वविद्यालय पनि घुम्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist