पोखरा, ८ चैत ।
पोखरालाई मुख्य कार्यथलो बनाएर क्रियाशिल पोखरेली कवि तथा साहित्यकारहरू आज तनहुँको भिमाद नगरपालिकाका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।सिर्जनशिल लोकतान्त्रिक प्रतिष्ठान, पोखरा एवम् भिमाद नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित ‘भिमाद क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन तथा साहित्यिक कार्यक्रम’ का क्रममा उनीहरूले यहाँका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै पर्यटकीय महत्व र सम्भावना बारे जानकारी लिएका हुन् । कार्यक्रमको व्यवस्थापकीय सहयोग सेतीकाली साहित्य संगम र जिदीबाराही टोल विकास संस्थाले गरेका थिए ।उक्त क्रममा कवि तथा साहित्यकारलाई स्वागत गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले प्राकृतिक एवम् ऐतिहासिक महत्वको भिमाद नगरपालिका ९ स्थित सिद्ध गुफा, चमेरे गुफासँगै भिमबाँध, तीन सय वर्ष भन्दा पुरानो शिवालय मन्दिर, ढोर मिनमखानीको फलाम खानीबाट निकालेर बनाइएको झोलुङ्गे पुल आदि बारे जानकारी गराउनुभएको थियो ।
भिमाद क्षेत्रमा धेरै प्राकृतिक एवम् ऐतिहासिक महत्वका स्थलहरू रहेको बताउँदै उहाँले नगरपालिकाले यी गन्तव्यहरूको पर्यटकीय उपयोगलाई जोड दिएको बताउनुुभयो ।
अवलोकनकै क्रममा सिद्ध गुफा क्षेत्रमा आयोजित साहित्यिक कार्यक्रममा कवि तथा साहित्यकारहरू सेतीकाली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देल, प्रतिष्ठानका पूर्व अध्यक्षहरू डा।विष्णुप्रसाद शर्मा, डा।भूमिराज बस्ताकोटी, संस्थापक सदस्य एवम् पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सल्लाहकार बेदहरि तिमल्सिना, रेडियो सराङ्कोटका समाचार प्रमुख कमल पौडेल ९अथक० प्राडा।कृष्ण भण्डारी मुमुुक्षु, बसन्त चालिसे, चन्द्रावती वाग्ले, प्रतिष्ठानका सदस्यहरू शान्ति कंडेल, पुण्यप्रसाद भट्टराई, गायत्री पराजुली, सिर्जना सापकोटा, सेतीकाली सहित्य संगमका सचिव दिनानाथ पराजुली, सहप्रा डा।नवराज न्यौपाने, गण्डकी साहित्य संगमका अध्यक्ष भीमबहादुर ज्यालादारी, विश्वबन्धु भण्डारी लगायतले विभिन्न विधाका रचना वाचन गर्नुुभएको थियो । कार्यक्रममा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले प्रतिष्ठानले हरेक महिना विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी साहित्यिक कार्यक्रमसँगै अनुसन्धानात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुुभयो ।
प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक अम्बिकाप्रसाद भट्टराईले यस कार्यक्रमले भिमाद क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको बताउनुुभयो । प्रतिष्ठाने साहित्यक पर्यटनको विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ छ ।














