Sunday, March 22, 2026

आजको मिति: २०८२ चैत्र ८ ,आईतवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पोखरेली कवि तथा साहित्यकार भिमादमा
Next
Prev

बुद्ध बिशाल व्यापारिक एशोसियसनको रक्तदानमा ५४ युनिट रगत संकलन

पोखरा, ८ चैत ।
पोखराको मुख्य बजार महेन्द्रपुलमा रहेको विशाल बजारमा व्यापार ब्यबसाय गर्ने व्यवसायीको संस्था बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । कास्कीका सहायक सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पहिलो रक्तदाता बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी बरालले बुद्ध विशाल बजार व्यापारिक एशोसियसन व्यापारीहरूको संस्था भए पनि सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको भन्दै खुशी प्रकट गरे । पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा महानगर पालिकाको तर्फबाट एशोसियसनलाई सहयोग गर्ने आफू प्रतिबद्ध रहेको बताउँदै पोखराको नै पुरानो मार्केट विशाल बजारको साख बचाई राख्न एशोसियसनलाई आग्रह गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले ‘सबैभन्दा ठुलो दान रक्तदान’ कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिँदै आफूले व्यवसायीहरूको हक हितको लागि सदैव आवाज उठाउने गरेको बताउँदै आगामी दिनमा पनि उठाउने बताइन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले ‘रगत पैसा तिरेर पनि पाइँदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने भएकोले सबैभन्दा ठूलो दान रक्तदान हो’ भन्दै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले सामाजिक उत्तरदायित्व बहन गर्दै बाह्रौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, कस्मेटिक व्यवसायी संघकी उपाध्यक्ष सरु बराल लगायतले बोलेका थिए । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने एशोसियसनका महासचिव थमनसिंह गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्रको टोलीले विशेष सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist