पोखरा ८, चैत्र ।
पोखरा महानगर पालिका वडा नं. १५, मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा दिक्षान्त समारोह सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. १५ का वडा सदस्य बलराम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रम मन्टेश्वरीका सस्थापक प्रिन्सिपल सीता तिमिल्सिना सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि पौडेलले मेरिल्याण्ड किड्स मन्टेश्वरी वडा नं. १५, को पहीलो मन्टेश्वरी रहेको र यसले बालबालीकाको आवश्यकता र बाल मनोबिज्ञान अनुसार सेवा दिदै आइरहेको बताउनुभयो । पौडेलले अभिभावकले आफ्ना बाबुनानिहरुको बिद्यालय छान्दा ठूला ठूला भौतिक संरचना भएको शैक्षिक संस्थाबाट मात्र गुणस्तरिय शिक्षा प्राप्त हुन्छ भन्ने सोचाई राख्न नहुने र सानै भौतिक संरचनाबाट पनि बाबुनानीहरुको लागि उपयुक्त वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकिने बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि इसी.इसी. पोखराका प्रमुख बरिष्ठ प्रशिक्षक प्रदिप पराजुलीले हामी सबैमा सकरात्मकता हुनुपर्नेमा जोड दिनुभयो । पराजुलीले अभिभावकले आफ्ना सन्तानलाई सपार्न माया गर्नुपर्ने हो तर कता कता हामीले नबुझेर सन्तानलाई बिग्राने माया त गरेका छैनौं भनी प्रश्न गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षिका सगुन बिश्कर्मा र बिद्यार्थी हिमान्सु रानाले स्वागत मन्तब्य राख्नुभएको थियो भने यू.के.जी.का बिद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । अभिभावकको तर्फबाट अभिभावकहरु श्याम बहादुर बानिया, निर्माया बुढा मगर र बिदुरमान श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका सभापति मन्टेश्वरीका सस्थापक प्रिन्सिपल सीता तिमिल्सिना सुबेदीले अभिावकको माया, शिक्षक कर्मचारीहरुको मेहनत तथा समर्पणले नै संस्था आजको अवस्थामा आउन सफल भएको बताउनु भएको थियो । कार्यक्रममा अभिभावकहरुले लागी आफ्ना सन्तान चिन्नुहोस भन्ने खेल्नुभएको थियो बिद्यार्थी बाबुनानीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शिक्षिका निसिता थापाले गर्नुभएको थियो ।















