चैत्र, २१ पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक कार्यक्रमका बिच मन्टेश्वरी तर्फको प्रि(टु का विद्यार्थीहरू अभिभावकहरूको उपस्थितिमा दिक्षित भएका छन् । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्टेश्वरी इन्चार्ज अमृता आलेले स्वागत् मन्तव्य राख्नुभएको थियो। सत्रौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पालिखेले हरेक वर्ष मन्टेश्वरी तहको पढाइ सकेर कक्षा एकको प्रवेशलाई विशेष कार्यक्रमको आयोजना गरेरै यसरी विद्यार्थीलाई दिक्षित गराइँदै आएको कुरा व्यक्त गर्नुभयो ।यो अब कुमुदिनीको संस्कार नै बनिसकेको कुरामा जोड दिनुभयो । संस्कार र संस्कृतिलाई विद्यालयले सधैं केन्द्रमा राखी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाइरहेको र हरेक आइतवार प्राइमरी तहसम्मका विद्यार्थीहरूलाई आ(आफ्ना जातिय पोशाकमा विद्यालय आइरहेको कुरा व्यक्त गर्नुभयो। विद्यालयका राम्राभन्दा पनि कमीकमजोरीलाई औँल्याएर समयमै रचनात्मक सुझाव दिन अभिभावकहरूलाई विशेष आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रि टु का विद्यार्थीहरूले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । प्राइमरी इन्चार्ज कुसुम गुरुङले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा दिक्षित हुने प्रि(टु का विद्यार्थीहरूका तर्फबाट आराध्या गुप्ता र अभिभावकहरूका तर्फबाट प्रभात लामिछानेले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम शिक्षिका निलम प्रधान ९उदास०को सञ्चालनमा सम्पन्न भएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।














