Tuesday, April 7, 2026

आजको मिति: २०८२ चैत्र २४ ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
रगतको अभाव हुन नदिन जुटे अकलापुरका स्थानीय
Next
Prev

नेपाली लेखक सङ्घ कास्कीको साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न अध्यक्षमा ‘अथक’

पोखरा, चैत्र ।
“हाम्रो प्रतिबद्धता स् विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता” मूल मन्त्रसहित २०६७ सालमा स्थापित नेपाली लेखक सङ्घ कास्कीको साधारणसभा तथा छैटौँ अधिवेशन २०८२ चैत २१ गते पोखरामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सङ्घका सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखक सङ्घ लोकतन्त्रवादी लेखक साहित्यकारहरूको साझा थलो भएको उल्लेख गर्नुभयो । उहाँले देशको कठिन परिस्थितिमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष महत्त्व राख्ने र संस्थाको समग्र विकासमा योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

छैटौँ अधिवेशनबाट साहित्यकार तथा रेडियोकर्मी कमल पौडेल ‘अथक’को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली चयन हुनुभएको छ । सदस्यमा भेषराज पौडेल निर्वाचित भएको जानकारी सङ्घका सल्लाहकार एवम् निर्वाचन अधिकृत लक्ष्मण थापाले दिनुभयो । समितिका बाँकी सदस्य तथा सल्लाहकारहरू आगामी कार्यसमिति बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष कमल पौडेल ‘अथक’ले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष रिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल ‘अथक’ र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist