Monday, April 6, 2026

आजको मिति: २०८२ चैत्र २३ ,सोमबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
रगतको अभाव हुन नदिन जुटे अकलापुरका स्थानीय
Next
Prev

वन्डरल्यान्ड प्रि—स्कूलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा —२३, चैत्र ।
“खेल्दै सिक्ने, प्रकृतिसँग रमाउँदै हुर्किने” मूल नाराका साथ सञ्चालन हुँदै आएको वन्डरल्यान्ड प्रि—स्कूलले आफ्नो १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न उमेर समूहका “वन्डर चिल्ड्रेन” हरूले सांस्कृतिक प्रस्तुति, नृत्य, कविता वाचन, गीत तथा मन्त्र उच्चारणमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमको सुरुवातमा बालबालिकाहरूले आफ्ना अभिभावकहरूलाई स्वागत गरेका थिए भने प्राचार्य सीता पन्थी रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै वन्डरल्यान्डको शैक्षिक दर्शन, खेल तथा क्रियाकलापमा आधारित सिकाइ पद्धति र बालबालिकाको समग्र विकासप्रतिको प्रतिबद्धताबारे प्रकाश पारिन्।

कार्यक्रमका प्रमुख अतिथि सङ्गीता क्षेत्री, जसले काठमाडौँस्थित ब्रिटिश स्कुलमा तीन दशकभन्दा बढी अनुभव हासिल गर्नुभएको छ, ले प्रि(स्कूल तहमा बालबालिकाको समग्र विकासका लागि खेल तथा प्रकृतिमा आधारित सिकाइको महत्वबारे जोड दिँदै अभिभावकको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले वन्डरल्यान्डले अवलम्बन गरेको शिक्षण पद्धति समयसापेक्ष र बालमैत्री रहेको उल्लेख गर्नुभयो। अभिभावक तथा मनोपरामर्शदाता रश्मिता बरालले प्रारम्भिक बाल्यकालमा सकारात्मक तथा नकारात्मक अभिभावकत्वका प्रभावबारे प्रकाश पार्दै सचेत अभिभावकत्व आवश्यक रहेको बताउनुभयो। त्यसैगरी, अटिजम भएका बालबालिकाका अभिभावक तथा प्रशिक्षक शर्मिला ओलीले अटिजम भएका बालबालिकालाई कसरी सम्हाल्ने र सहयोग गर्ने भन्ने विषयमा उपयोगी सुझावहरू प्रस्तुत गर्नुभयो।

यसैक्रममा अभिभावक तथा अतिथि भानु पराजुलीले वन्डरल्यान्ड— प्रि स्कूलको वातावरण तथा शिक्षण पद्धति अत्यन्त रोचक र प्रभावकारी रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापनले गरेको कामप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई आगामी दिनमा कक्षा ३ सम्म स्तरोन्नति भएको देख्न चाहेको धारणा पनि राख्नुभयो। विद्यालयका अध्यक्ष राजेन्द्र राज रेग्मीले आफ्नो मन्तव्यमा प्राचीन गुरुकुल शिक्षापद्धतिदेखि आधुनिक शिक्षासम्मको यात्रा व्याख्या गर्दै खेल र प्रकृतिमा आधारित सिकाइलाई आधुनिक शिक्षाको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले गुरुकुल दर्शनमा निहित जीवनोपयोगी ज्ञान, अनुशासन र प्रकृतिसँगको नजिकको सम्बन्धलाई आजको शिक्षामा समाहित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, वन्डरल्यान्ड प्रि(स्कूलले यही दर्शनलाई आधुनिक तरिकाले आत्मसात् गर्दै बालमैत्री वातावरण सिर्जना गरेको बताउनुभयो।

अभिभावकहरू रोशनी भण्डारी र मनीषा भट्टले आफ्ना बालबालिकाको प्रगति, खुसी र विद्यालयको वातावरणप्रतिको सन्तुष्टि व्यक्त गर्दै वन्डरल्यान्ड प्रि(स्कूलप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्दै निर्देशक मुक्तिराज रेग्मीले सम्पूर्ण अभिभावक, शिक्षक, अतिथि तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको दर्शन, बालबालिकाको समग्र विकासप्रतिको दृष्टिकोण र भविष्यका योजनाबारे चर्चा गर्नुभयो। साथै, प्रि(स्कूलपछि आफ्ना बालबालिकाका लागि उपयुक्त विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने पक्षहरूबारे समेत सुझाव दिनुभयो। वन्डरल्यान्ड प्रि(स्कूलले खेल, प्रकृति र क्रियाकलापमा आधारित सिकाइमार्फत बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस्तो कार्यक्रमले विद्यालय, अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist