महोत्तरी, २४ चैत ।
महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृ त्यु भएको छ । दु र्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न सकेको छैन । जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए । ठोक्किएसँगै दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।













