पोखरा २९,चैत्र।
देशैभरि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको अवस्थामा हरेक शैक्षिक संस्थाहरू त्यसको तयारीमा जुटिरहेका छन् । त्यस्तै पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भने मन्टेश्वरीदेखि दश कक्षासम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरूकालागि अंग्रेजी भाषा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । माल्भर्न कलेज यू.के. का हेड अफ सर्भिस एण्ड कम्युनिटी पार्टनरसिपका नाथन स्मिथले कसरी प्रभावकारी रुपमा अंग्रेजी सिकाइ र शिक्षण गर्ने भन्ने विषयमा केन्द्रित भएर सहजिकरण गरेका थिए । मेजर कृष्ण बहादुर गुरुङ र हितमान गुरुङको संयोजकत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

विज्ञान प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गइरहेकाले शिक्षण सिकाइ क्रियाकलाप झन् चुनौतिपूर्ण बन्दै गएकाले शिक्षकहरूलाई यस्ता पुनर्ताजगीका कार्यक्रम आवश्यक परेको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । माल्भर्न कलेजसँग छिट्टै सहकार्य गरेर अगाडि बढ्ने कुरा समेत अध्यक्ष पालिखेले जानकारी गराउनुभयो । निजी तथा सामुदायिक दुवै विद्यालयका शिक्षकहरूमा अंग्रेजी सिकाइ र शिक्षण स्तरलाई माथि उकास्न निरन्तर प्रयासरत रहेको कुरा संयोजक मेजर कृष्ण बहादुर गुरुङले बताउनुभएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।














