कालिका मा.बि. पोखरा –१०, रामबजारमा बिद्यालय व्यवस्थापन समिति गठन भयो । कार्यक्रमको पहीलो सत्र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापाको अध्यक्षतामा भएको भने स्वागत मन्तव्य व्यवस्थापन समितिका सदस्य अम्मर बहादुर के.सीले गर्नुभएको थियो । पहीलो सत्रमा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, निमार्ण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो । अध्यक्ष थापाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने व्यवस्थापन समितिका पदाधिकारी, निमार्ण समितिका पदाधिकारी, शिक्षक, कर्मचारी बिद्यार्थी र अभिभावकहरु प्रती आभार ब्यक्त गर्नु भयो । पोखरा महानगर पालिका वडा न. १०, का वडा अध्यक्ष राजेश गुरुङ्ग प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रमको संचालन बिद्यालयका सहायक प्रध्यानाध्यापक श्रीराम आचार्यले गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा पोखरा महानगर पालिकाका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुबेदीको संयोजकत्वमा बिद्यालयका प्रध्यानाध्यापक बलराम गिरी र पोखरा महानगर पालिका वडा न. १०, का वडा सदस्य पुर्णचन्द न्यौपाने तीन सदस्यीय समितीले बिद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडी बढाएको थियो । पोखरा महानगर पालिकाका शिक्षा ऐनमा भएको व्यवस्था अनुसार अभिभावकहरुबाट नबिन अधिकारी मनोज गुरुङ्ग र सीता शर्मा चयन भएका छन ।
अभिभावकको भेलाले नौं सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन भएको छ । लक्ष्मण के.सी.को अध्यक्षतामा गठीत समितिका सदस्यहरुमा उमाकान्त सापकोटा, अर्जुन राज बसौला, संगिता सुनार, रामगोपाल सिंखडा, भुमिका तिबारी, इन्द्र प्रसाद सापकोटा, सीता खनाल र कल्पना काफ्ले अधिकारी रहनुभएको छ ।