Wednesday, April 29, 2026

आजको मिति: २०८३ बैशाख १६ ,बुधबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
१० औं पोखरास्पोर्टस अवार्डलाई सहाराको साथ
५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव
पोखरामा निःशुल्क सटल बस सेवा सुरु
Next
Prev

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पोखरा, फागुन ।

पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा सोमवार मञ्चको आयोजनामा माध्यमिक तह (९ देखी १२) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के. सी. निर्णायक रहनुभएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम , कक्षा ११ विज्ञान संकायकै सलिना खत्री द्वितीय , कक्षा १२ विज्ञान संकायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी चौँथो भएका छन् ।

साहित्यिक मञ्चका संरक्षक मन बहादुर भुजेलले प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्नभएको थियो । उहाँले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै यस्ता रचनात्मक कार्यले विद्यार्थीमा सिर्जनशील क्षमताको विकास गराउने कुरामा जोड दिनुभयो । मञ्चका कार्य समिति सदस्य लियोन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार शुशिल नेपालीले सञ्चालन गरेको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13 Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist