नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ७८ बर्षिय पौडेल नेपालको सर्वोच्च पदमा पुग्न सफल भएका छन । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे । उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे । पाँच मत भने बदर भएको छ ।
