पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा रहेको होलिल्याण्ड मन्टेसरीको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतित्थ्यतामा भएको थियो । प्रमुख अतिथि आचार्यले होलिल्याण्ड एक स्थापित मन्टेसरी रहेको र यसले बालबालिकाको चौर्तफी बिकासमा महत्वपुर्ण योगदान पु¥याएकोे बताए ।
विद्यालयका प्रिन्सिपल गोमा कार्की थापाले (कल्पना) मन्टेसरीका विविध गतिविधिका बारेमा जानकारी दिदैं आउदा दिनमा मन्टेसरीले बाल बालिकाको शैक्षिक तथा प्रतिभा प्रस्फुटनको लागी थप सेवा सुबिधा उपलब्ध गराउने बताईन ।
मन्टेश्वरीका संस्थापक अध्यक्ष तथा पृथ्बीनारायण क्याम्पसका उप प्राध्यापक हस्त बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली, मन्टेसरी यशोसियसन कास्कीका अध्यक्ष शाल्भी बाँस्तोला, समाजसेवी राम प्रसाद श्रेष्ठ र अभिभावक अनिता पौडेलले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बालबालिकाहरुले विभिन्न किसिमका प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने युकेजी उतिर्ण भइ कक्षा एकमा जाने बिद्यार्थीहरुलाई दिक्षित पनि गरिएको थियो भने कार्यक्रमको संचालन शिक्षिका ईश्वरी श्रेष्ठले गरेकी थिइन ।
२०६८ सालमा पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा पहीलो मन्टेश्वरीको रुपमा स्थापित मन्टेश्वरी हाल कक्षा युकेजी सम्म संचालीत छ ।


