Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

TRENDING
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

राष्ट्रपति पौडेललाई थप उपचार गर्न दिल्ली लगिँदै

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो । श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान आवश्यक तयारी गरिरहेको जानकारी दिए ।
स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । तर सोमबार निकालिएको पानीको नमूनाको परीक्षण रिपोर्ट आयो कि आएन वा के आयो भन्ने खुलाइएको छैन ।

मंगलबार पुनः स्वास्थ्य असहज भएपछि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए । स्वास्थ्यमा सुधार नदेखिएपछि भारत लगेर उपचार गराउन चिकित्सकहरूले सल्लाह दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist