लायन्स क्लब अफ पोखरा पिस टाउनमा लायन बर्ष २०२३÷१०२४ का लागि अध्यक्षमा लायन सन्जिवराज घिमिरे सर्बसम्मत निर्बाचित हुनुभएकोमा छ ।
त्यसैगरी प्रथम उपाध्यक्षमा लायन सम्झना अधिकारी ,सचिबमा लायन जनकराज पौडेल , कोषाध्यक्षमा लायन प्रदिप खनाल ,द्वितिय उपाध्यक्षमा लायन अमृत भण्डारी निर्वाचित भएका छन ।
क्लबका अध्यक्ष बेदहरी सुवेदीको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी डीष्ट्रीक पि आर ओ लायन शंकर बाँनिया र बिशेष अतिथी जोन चियरपर्सन लायन मणि डुम्रे रहेका थिए ।
अध्यक्ष बेदहरी सुवेदीले लायन बर्ष २०२२÷१०२३ सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने डीष्ट्रीकका पदाधिकारी, पुर्ब अध्यक्ष तथा पदाधिकारी लगायत सम्पुर्ण लायन साथिहरु प्रती हार्दिक आभार प्रकट गरे ।
क्लबका प्रथम उपाध्यक्षमा लायन अर्जुन पौडेलले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथी, बिशेष अतिथी र पुर्ब पदाधिकारीहरुले नव निर्बाचित पदाधिकारीलाई हार्दिक बधाई साथै सफल र उत्कृष्ट बर्षको शुभकामना दिदै आफ्नो ठाँउबाट सहयोग प्रतिबद्धता ब्यक्त गरेका थिए ।

