सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गण्डकीका सबै ११ वटा जिल्लामा ट्राफिक सप्ताह एकैसाथ सुरु भएको छ ।
म पनि ट्राफिक प्रहरी दुर्घटना न्युनीकरणमा मेरो पनि दायित्व छ भन्ने भन्ने मूल नाराका साथ पोखरामा प्रभात फेरी कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको हो । “ट्राफिक सप्ताह २०८०” कार्यक्रम वैशाख २५ देखि ३१ गते सम्म हुने भएको छ ।
प्रदेशका ११ वटै जिल्ला सदरमुकामहरुको मुख्य मुख्य चोकहरुबाट ¥याली निकाली विभिन्न झाँकी सहित नेपाली सेना, सशस्त्र प्रहरी, सरकारी कर्मचारी, शिक्षक, बिधार्थी, यातायात ब्यबसायी, यातायात मजदुर संघ संगठन बिभिन्न संघ संस्था लगायतका सरोकारवाला निकायका व्यक्तिहरु सम्मिलित प्रदेशभरबाट अन्दाजी १७,८७० जना सहभागी भएको उक्त ¥यालीहरुलाई कार्यक्रममा परिणत गरी औपचारिक रुपमा “ट्राफिक सप्ताह २०८०” कार्यक्रम समुद्घाटन गरिएको छ ।
दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔँ भन्ने उद्देश्यले कार्यव्रmमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । उनले भने “विश्वमा हरेक वर्ष सवारी दुर्घटनाबाट १३ लाख ५० हजार मानिसले ज्यान गुमाउँछन् भने हरेक दिन तीन हजार पाँच सयको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ । नेपालमा दैनिक १२ जनाको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ भने गत आर्थिक वर्षमा २८३ सवारी दुर्घटनामा १२० जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।”
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण दिइएको छ । सिट क्षमता, आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सेता सशस्त्र प्रहरी, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठुला सवारीमा स्टिकर टाँस्ने काम भएको छ । सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, ग्रामीण भेगमा सचेतनाका कार्यव्रmम गर्ने जिल्ला ट्राफिक कार्यालयले जानकारी दिए ।
दुर्घटनामा पर्नेमध्ये २४ प्रतिशत मोटरसाइकल, २३ प्रतिशत पैदल यात्रु र तीन प्रतिशत साइकल यात्रु रहने ट्राफिक प्रहरीको भनाइ छ । विश्व बैङ्कका अनुसार सवारी दुर्घटनाकै कारण विश्वमा कुल गार्हस्थ उत्पादन ९जिडिपी० तीन प्रतिशत घट्ने गरेको छ । कार्यक्रममा २०४९ सालदेखि हालसम्म सवारीसाधन चलाएर एक पटक पनि दुर्घटनामा नपरेका दुई जना चालक लीला महतो र दिवाकर महतोलाई कदर पत्र प्रदान गरिएको थियो ।


