पोखरा –२७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले विश्व रेडक्रस दिवसको अवसर पारेर जुनियर रेडक्रस सर्कलको पुनर्गठन तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था रेडक्रस को स्थापना दिवस मनाउँदै रविना विकको अध्यक्षतामा सर्कलको पुनर्गठन गरिएको हो। पुनर्गठित सर्कलको उपाध्यक्षमा सक्षम अधिकारी,सचिवमा सुदिक्षा सुनार
सह( सचिवमा सुदिक्षा पौड्याल ,कोषाध्यक्षमा सिर्जना वि।क
सह(कोषाध्यक्षमा रिमिसा भण्डारी रहेका छन्। यसै गरी सदस्यहरुमा शितल जिसी ,अर्माली पौडेल,खुसी भण्डारी,भविन वि।क।,विधान तामाङ,सुनिस्मा जोसी र निस्मा गुरुङ चयन भएका छन्।
शिक्षक नायकमा आस्तिक पौडेल र
सह नायकमा सिमन वि।क। रहेका छन्।
उक्त अवसरमा निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दैे विद्यालयका प्रिन्सिपल विकल पौडेल , अर्घौं उपशाखाका सचिव गोपालमणि लामिछाने लगायतले सर्कलका पदाधिकारीलाई शुभकामना दिएका थिए। रेडक्रसका सिद्धान्तको बारेमा अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले स्पष्ट पारेका थिए । विद्यालयमा सोमवार नै नवागन्तुक विद्यार्थीहरूलाई स्वागत समेत गरिएको थियो।