पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा पोखरा रंशगालामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता शुरु भएको छ ।
बुधबारदेखि पोखरा रंशगालास्थित व्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता संचालन भएको हो । गण्डकी प्रदेशका सांसद राजिव गुरुङको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन भएको छ । प्रतियोगितामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहका खेलाडि सहभागि छन् । प्रतियोगितामा विभिन्न ९ वटा इभेण्टमा प्रतिस्पर्धा हुने जनाएको छ ।
उद्घाटन खेलमा राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेण्डरी लेभल छात्र तथा छात्रामा प्रतिस्पर्धा भइरहेको छ । त्यसैगरी माध्यमिक तह राष्ट्रियस्तरको छात्र तथा छात्रा इभेण्टमा प्रतिस्पर्धा हुने छ । ‘व्याडमिन्टन खेलको विकाससँगै नयाँ प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वाससहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ् ।
नेपालमा खेलको उपयुक्त निति नभएका कारण कयौँ खेलकुदमा भविष्य देखेका युवा खेदकुदबाट विस्थापित हुनुपरेको गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङको भनाई छ । खेलकुदको लागि आवश्यक दिर्घकालीन योजनाका लागि संघ र प्रदेश सरकारले विषेश ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
प्रतियोगितामा ७७ वटै जिल्लाका विद्यालयबाट विद्यार्थीहरुको उपस्थिति रहेको छ । खेलाडिहरु विद्यालयको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुन पाउँदा खुशि लागेको बताउछन् । खेल सुरु भएको दिन खेलमा विजयी खेलाडि निकै उत्साहित देखिएका छन् ।

