बागलुङ नगरपालिका–१२ अमलाचौरका डिल्ली चापागाईंको दम्पत्तीले स्थानीय जगन्नाथ प्राथमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई सहयोग गरेका छन् ।
उनीहरुले विद्यालयमा अध्ययनरत छात्रछात्रामध्ये २० जना जेहेन्दारलाई विद्यालय पोशाक र स्टेशनरी सहयोग गरेका हुन् । बाबुआमाको बार्षिक श्राद्धको दिन डिल्ली र गंगा चापागाईंले विद्यालयमा पुगेर सहयोग गरेको बिद्यालयका प्रधानाध्यापक बुद्धि चापागाईंले बताए ।
२० जना विद्यार्थीलाई एक÷एक सेट पोशाक, एक÷एक दर्जन कापी, एक÷एक दर्जन पेन्सिल हस्तान्तरण गरेको चापागाईंले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक र स्टेशनरी सहयोग गर्ने दम्पत्तीलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको थियो । पोशाक र स्टेशनरी पाएका विद्यार्थीहरु निकै उत्साहित देखिन्थ्य । विद्यालयमा हाल ४५ जना विद्यार्थी अध्ययनरत छन् ।