Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

TRENDING
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

बालबालिलाई निकृष्ट श्रममा नलगाऔं

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा गुल्मी जिल्लाको वामी टक्सारमा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिका माथिको शोषण घरबाटै सुरु हुने भएकाले बालश्रममुक्त पालिका बनाउन सर्वप्रथम घरबाटै अभियान सुरु गर्नुपर्ने सरोकारवालाले बताएका छन । बालश्रमविरुद्ध कडा कानून नहुँदासम्म र अभिभावक आफैं जिम्मेवार नभएसम्म बालश्रम रोक्न नसकिने देखिन्छ । सहभागीले विशेष गरी विद्यालयमा अध्ययन गर्ने बालबालिकामा मानसिक यातनाको समस्या डरलाग्दो रहेको बताए । उनीहरुले बालबालिकालाई बढी समय पढाइमै लगाउँदा विभिन्न समस्या देखिने गरेको तथ्य पेश गरे ।
रुद्रावती बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुखसमेत रहेका कृष्णप्रसाद सापकोटाले भने,‘ जति सक्यो आफ्नो बच्चा बढी अध्ययनमै लागोस् भन्ने अभिभावकको चाहना छ । जसले गर्दा बच्चाहरु रातको समयमा बर्बराउने, थकित र पढाइकै तनाबले बिरामी हुने गरेको उदाहरण वरपर छ ।’
यस्तै मुसिकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक पुस्कर गौतमले मुसिकोटमा २० वर्षमुनिका ४९ जना बालबालिका निकृष्ट श्रममा भेटिएकाले तत्काल बालश्रममुक्त पालिका घोषणाको मुख्य चुनौती देखिएको बताए । ‘२०७९ साउनदेखि वैशाख मसान्तसम्म मुसिकोटका स्वास्थ्य संस्थामा गर्व परिक्षण तथा सुत्केरी हुन आउने ३२५ महिलामध्ये ४९ जना २० वर्ष मुनिका छन्, गौतमले भने ‘यो तथ्याङ्कले पनि भित्री रुपमा कहीँकतै बालविवाहको समस्या पनि रहेकोले तत्काल बाल श्रममुक्त पालिका घोषणा गर्न सकिँदैन तर यो तथ्याङ्कले बालश्रममुक्त पालिका तथा वडा घोषणामा धेरै कसरत गर्नुपर्ने देखिन्छ ।
सहभागीले होटलमा घरयासी बाध्यताकै कारण गरीब, विपन्न परिवारका बालबालिका बालश्रममा पर्ने गरेको, हतारमा अभियान सम्पन्नको घोषणा गर्दा दिर्घकालीन रुपमा बालश्रममुक्त हुन नसकेको वक्ताले बताएका थिए । मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले मुसिकोटलाई बालश्रममुक्त पालिका बनाउन नगर प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist